बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ७ मा नेकपा एमाले उदाएको छ । उक्त वडामा एमालेको प्यान नै विजयी भएको छ । सो वडामा २९४७ मत खसेको थियो । जस्मा एमालेका वडाध्यक्ष राधेश्याम थारुले १ हजार ८३ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धि नेपाली कांग्रेसका चन्द्र बहादुुर सापकोटाले ९०८ प्राप्त गरेका छन् । त्यसैगरी नेकपा माओबादी तर्फका गया प्रसाद थारुले ७०२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलये जनाएको छ ।
सोही पालिकाका निर्वाचन अधिकृत बिनोद गौतमका अनुसार पालिका अध्यक्ष एमालेका लाल बहादुर श्रेष्ठले प्राप्त गरेको मत ८४४ रहेको छ भने उपाध्यक्ष लक्ष्मि अधिकारीले प्राप्त गरेको मत ९३८ रहेको छ । त्यसैगरी नेकपा माओबादी तर्फका हिमालय त्रीपाठीले प्राप्त गरेको मत १ हजार २९९ रहेको छ भने उपाध्यक्ष कमला गुरुंगको ७५९ रहेको छ । तेश्रो स्थानमा रहेको नेपाली कांग्रेसका भगत नेपालीको प्राप्त मत जम्मा ५४९ रहेको छ भने उपाध्यक्ष पवित्रा कुमारी अर्यालको ९२४ मत रहेको छ ।
वडा नं. ७ सहीत बढैयातालमा ५ वटा वडामा नेकपा एमालेले विजयी हाँसिल गरेको छ । माओबादीको लाल किल्ला मानिएको वडा नं. ४ मा एमालेले पहिलो पटक यसै निर्वाचनमा खाता खोल्न सफल भएको छ । त्यसैगरी अहिलेसम्मको मत परिणाम अनुसार उक्त पालिकाको अध्यक्षमा नेकपा माओबादीले ८ हजार ७९ मत प्राप्त गरेको छ भने एमालेले ७ हजार ३५५ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले पनि ५ हजार ८१७ मत ल्याएर तेश्रो स्थान कायम राखेको छ ।
सोही पालिकाको उपाध्यक्षमा नेकपा एमालेले ७ हजार ८३४ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ७ हजार ७१ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा माओबादीले पनि ६ हजार १६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय मैनापोखरले जनाएको छ । योसंगै उक्त पालिकामा वडा नं. ८ अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ भने वडा नं. ९ को मतगरणा आज रातीबाट गरिने जानकारी दिईएको छ ।






