काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । उनले एमाले उम्मेदवार स्थापितलाई ७ हजार मतले पटि पार्दै आफ्नो अग्रतालाई कायमै राखेका हुन् । अहिलेसम्म बालेनले १५ हजार मत कटाएका छन् । यो समाचार तयार पार्दसम्मको ताजा मत परिणामअनुसार शाहले १५ हजार ७ सय ७५ मत पाएका छन् ।
स्थापितले अहिलेसम्म जम्मा ८ हजार ३ सय ६ मत प्राप्त गरेका छन् । यस प्रकारले बालेनको मत भिन्नता भईरहंदा सबैले बालेनको जीत निश्चित नै हुने दाबी परि गरिरहेका छन् । त्यसैगरी नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ३ सय ४८ मत प्राप्त गरेकी छन् । उपमेयरमा भने सिर्जनालाई पछि पार्दै एमालेकी सुनिता डङ्गोलले अग्रता कायम गरेकी छन् ।
योपनि रोल्पाको त्रिवेणी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर बाँठा मगर र उपाध्यक्षमा लेखमणि डाँगी निर्वाचित भएका छन् । त्रिवेणीमा नेकपा माओवादी केन्द्र विरुद्ध काँग्रेस र एमालेले गठबन्धन गरेपछि अध्यक्षमा एमाले बाँठा मगरले ५०८५ मत ल्याएर विजयी भएका छन् ।
उपाध्यक्षमा काँग्रेसका लेखमणि डाँगीले ४५७६ मत ल्याएर विजयी भएका छन् । यस्तै अध्यक्षमा माओवादी केन्द्रका रेशम पुनले ४४६३ मत र उपाध्यक्षमा भागीसरा बन्दीपुरे खड्काले ३८६५ मत ल्याएर पराजित भएका छन् । यसअघि अध्यक्ष र उपाध्यक्ष दुवै एमाले जितेको थियो ।






