काठमाण्डौ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका विजय सुवेदी आफ्ना निकटतम प्रतिस्पर्धी रेनु दाहालभन्दा ७३ मतले अगाडि पुगेका छन् । पछिल्लो मतगणनाअनुसार एमालेका विजय सुवेदीले ४६२५ मत ल्याएका छन् भने गठबन्धन उम्मेदवार माओवादीकी रेनु दाहालले ४५५२ मत ल्याएकी छन् ।
नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २०४० मत ल्याएका छन् । १३ हजार ५ सय ६५ मत गन्दा विजय सुवेदी झिनो मतसाथ अगाडि रहेका छन् । उपमेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५३९५ मत ल्याएका छन् । भने राप्रपाकी हिमला गुरुङले ३६७९ मत ल्याएकी छन् ।






