बर्दिया । स्थानिय तहको निर्वाचनको मत गरणा अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ३ र ४ को मत गरणा भईरहेको छ । यो समाचार तयार गर्दासम्म उक्त पालिकाको वडा नं. ३ मा नेकपा एमालेले लिड गरिरहेको छ । सो वडाको वडाध्यक्ष लल्लन अहीरले ९४५ मतले अगाडी छन् भने उनलाई पच्छ्याउँदै माओबादी अध्यक्ष चुन्ना अहमद हलुवाईले ९३१ मत ल्याएका छन् । त्यसैगरी नेपाली कांग्रेसका अध्यक्ष राम बहादुर बोहोरा क्षेत्रीले ७१६ मत ल्याएर तेश्रो स्थानमा रहेका छन् ।
त्यसैगरी पालिका अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका तीन ठूला दल मध्य नेकपा माओबादी तर्फका पालिका अध्यक्ष हिमालय त्रीपाठीले १ हजार ३३ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका अध्यक्ष लाल बहादुर श्रेष्ठले ८८४ मत प्राप्त गरेका छन् भने तेश्रो स्थानमा पच्छ्याई रहेको नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार भगत नेपालीले जम्मा ६७८ मत प्राप्त गरेका छन् । सोही वडाको उपाध्यक्षमा माओबादी तर्फका कमला गुरुंगले ९२९ मत ल्याएर अग्रता कायम गरेकी छन् भने एमाले तर्फकी लक्ष्मि अधिकारीले ९०६ मत ल्याएकी छन् । त्यसैगरी नेपाली कांग्रेसी पवित्रा अर्यालले ७२८ मत प्राप्त गरेकी छन् ।
सोही पालिकाको निर्वाचन कार्यलयमा वडा नं. ४ को पनि मतगरणा भई रहेको छ । ४ मा पनि नेकपा माओबादीले नै अग्रता कायम गरिरहेको छ । माओबादी तर्फको वडाध्यक्ष रामलाल थारुले ७११ मत ल्याएर अग्रता कायम गरेका छन् भने नेकपा एमालेका वडाध्यक्ष नरे थापाले ५९८ मतले पच्छ्याई रहेका छन् । त्यसैगरी नेपाली कांग्रेस अध्यक्ष राजु भुजेलले जम्मा २१३ मत ल्याएर पच्छ्याई रहेका छन् ।
पालिकाको हकमा पनि नेकपा माकोबादीले नै अग्रता कायम गरिरहेको छ ।
यो समाचार तयार गर्दासम्म नेकपा माओबादी तर्फका अध्यक्ष हिमालय त्रिपाठीले ७४५ मतले लिड गरिरहेका छन् भने उनलाई पच्छ्याउँदै नेकपा एमालेका लाल बहादुर श्रेष्ठले ५७९ मत ल्याएका छन् । दुबैलाई पच्छ्याउँदै नेपाली कांग्रेसका भगत नेपालीले भने जम्मा ४३९ मत प्राप्त गरेका छन् । त्यसैगरी पालिका उपाध्यक्ष अन्तर्गत माओबादी उपाध्यक्ष कमला गुरुंगले ७१७ मत ल्याएर अग्रता कायम गरिरहेकी छन् भने उनलाई पच्छ्याउँदै एमाल उपाध्यक्ष लक्ष्मि अधिकारीले ५८२ मत प्राप्त गरेकी छन् । त्यसैगरी नेपाली कांग्रेसकी पवित्रा अर्यालले जम्मा ४३५ मत ल्याएकी छन् । फाईनल नतिजा आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यलय बढैयाताल मैनापोखरले जनाएको छ ।






