ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बू विजयी भएका छन् । उनले २ हजार ६ सय ६० मत लिएर विजयी भएका हुन् । उनले नेकपा एमालेका सरोज लिम्बूलाई पराजित गरेका हुन् । उनका प्रतिद्धन्द्धि सरोज लिम्बूले २ हजार ३ सय १२ मत ल्याएका छन् । फक्ताङलुङमा माओबादी केन्द्र र नेपाली काँग्रेसले गठबन्धन गरेका थिए ।
उपाध्यक्षमा नेपाली काँग्रेसका रबिनसाम्रा लिम्बू विजयी भएका छन् । उनले २३५८ मत प्राप्त गरेका छन् । एमालेकी शान्ति माया लिम्बूले उपाध्यक्ष पदमा २२१२ मत प्राप्त गरिन् । योपनि सोलुखुम्बुको सोताङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका खिलराज बस्नेत निर्वाचित भएका छन् । यसअघि एमालेले जितेको सोताङमा एमालेका उम्मेदवारलाई १ सय २८ मतले पछि पार्दै कांग्रेस महासमिति सदस्य बस्नेत पालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले १ हजार ६ सय ४८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार प्रकाश कार्कीले १ हजार ५ सय २० मत ल्याएका थिए । नेकपा माओबादी केन्द्रका उम्मेदवार दीपक खड्काले १ हजार ३ सय ५३ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकै उम्मेदवार अञ्जु नाछिरिङ विजयी भएकी छिन् । उनले १ हजार ६ सय ६९ मत ल्याउँदा एमाले उम्मेदवार मनसरी राईले १ हजार ६ सय ३४ मत पाएका छन् ।
५ वटा वडा रहेको सोताङ गाउँपालिकाका ३ वडामा कांग्रेस र २ वडामा एमालेले जितेको छ । वडा नम्बर १ मा कांग्रेसका जंगबहादुर गुरुङ, वडा नम्बर २ मा नेकपा एमालेका श्याम राई, वडा नम्बर ३ मा नेपाली कांग्रेसका गोकर्ण बस्नेत, वडा नम्बर ४ मा कांग्रेसकै दीप राई र वडा नम्बर ५ मा नेकपा एमालेका मानवीर राई वडा अध्यक्षमा निर्वाचित भए ।






