काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । उनले एमालेसंग झण्डै दोब्बर मत लिएर आफ्नो अग्रता कायम राखेका हुन् । पछिल्लो मतगणना अनुसार पाँच हजार ६ सय ६५ मतसहित बालेन अग्र स्थानमा छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले तीन सय ४६ मतसहित पछ्याइरहेका छन् ।
गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २६ सय ४० मत पाएकी छिन् । योपनि नेकपा माओवादी केन्द्रको दबदबा रहेको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् । नेपाली कांग्रेसबाट अन्तिम समयमा टिकट खोसिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका क्षेत्री सबै दलहरुलाई पछि पार्दै अगाडि बढेका छन् ।
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाटै उम्मेदवारी दिएका क्षेत्रीले झन्डै १ हजार मतले माओवादी केन्द्रसँग पराजय बेहोरेका थिए । प्यानलसहित दर्ता गरेका क्षेत्री समूहले २ वटा वडामा जितसमेत हासिल गरिसकेको छ । वडा न. ७, १४ र वडा न.१ मा क्षेत्री समूहको जेब्रा चिह्नबाट जित हासिल गरेको हो ।
वडा न.७ मा रामसोगारथ यादव, वडा न.८ मा भोला यादव र वडा न.१४ विजय महतो विजयी वनेका छन् ।
उनीहरू दलका उम्मेदवार तथा आफ्नै आधिकारिक उम्मेदवारहरूसँग १, १ मतले विजयी बन्दै गएका छन् । वडा न।१४ मा कांग्रेसका आधिकारिक उम्मेदवार भरत हमाललाई जम्मा १ मतले उछिन्दै विजय महतो विजयी भए । निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाका अनुसार विजयले ५०८ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार हमालले ५०७ मत प्राप्त गरेका छन् ।






