चितवन । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओबादी केन्द्रकी उम्मेदवार रेनु दाहालको पोल्टामा भरतपुुर बासीको मत भारी हुँदै गई रहेको छ । मतपरिणाम सार्वजनिक हुँदै गर्दा रेनुको अग्रता कायमै छ । मतगरणाको शुरुको दिनमा रेनुलाई पछि पारेको विजय सुबेदी अहिले रेनुलाई पच्छ्याई रहेका छन् ।
अहिलेसम्म पाँच हजार ६ सय ७७ मतगणना हुँदा दाहालले २ हजार ६ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदी दाहाल भन्दा ५२ मतले पछि छन् । सुवेदीले १ हजार ९ सय ५४ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ सय ५१ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले दुई हजार दुई सय एक मत प्राप्त गर्नुभएको छ । राप्रपाकी हिमला गुरुङले एक हजार पाँच सय ७१ मत प्राप्त गरेका छन् ।






