बर्दिया । स्थानिय तहको निर्वाचनको मतपरिणाम अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. २ को मतगरणा समपन्न भएको छ । उक्त वडामा एमाले आफ्नो पुरै प्यानल सहीत विजयी भएको छ । एमालेका तर्फबाट वडाध्यक्ष डिला देव गिरी (विक्रम) ले १ हजार २ सय ५७ मत ल्याएर विजयी भएका छन् भने नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष बिनु पाण्डेले १ हजार १ सय ८३ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा माओबादीका तर्फबाट वडाध्यक्षका उम्मेदवार कृष्ण बानियाले ४ सय ७८ मत ल्याएको निर्वाचन अधिकृतको कार्यलय बढैयाताल मैनापोखरले जनाएको छ ।
निर्वाचन अधिकृत विनोद गौतमका अनुसा पालिकाकाकोलागी एमाले अध्यक्ष लाल बहादुर श्रेष्ठले २ हजार ४ सय ४१ मत ल्याएका छन् । नेपाली कांग्रेसका भगत नेपालीले १ हजार ५ सय ६९ मत ल्याएका छन् । त्यसैगरी माओबादी केन्द्रका अध्यक्ष उम्मेदवार हिमालय त्रीमाठीले १ हजार ४ ९५ मत ल्याएको बढैयाताल मैनापोखरका निर्वाचन अधिकृत विनोद गौतमले जनाकारी गराएका छन् ।
निर्वाचन अधिकृत गौतमका अनुसार उपाध्यक्ष तर्फ नेकपा एमालेकी उम्मेदवार लक्ष्मि अधिकारीले २ हजार ४ सय ८५ मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी उपाध्यक्ष उम्मेदवार पवित्रा अर्यालले १ हजार ७ सय ९० मत प्राप्त गरेकी छन् । उनलाई पच्छ्याउँदै नेकपा माओबादी तर्फकी उपध्यक्ष उम्मेदवार कमला गुरुंगले जम्मा १ हजार २ सय ३३ मत प्राप्त गरेको निर्वाचन अधिकृत गौतमले बताए । उनका अनुसार सोही पालिकाको वडा नं. ३ र ४ को मतगरणासंगै शुरु हुनेछ ।






