काठमाण्डौ । स्थनिय निर्वाचनको मतपरिणाममा यतिबेला सबैको ध्यान काठमाण्डौ महानगरपालिका तिर केन्द्रित भएको छ । काठमाण्डौ महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको मत परिणाम यतिबेला सवत्र रुपमा चर्चामा रहेको बेला सबैको ध्यान त्यतातिर केन्द्रित भएको हो । मतगरणा शुरु भएदेखि नै स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गर्दै आई रहेका छन् ।
अहिले सम्मको ७ हजार ६ सय १८ मतगणनामा शाहले ३ हजार १ सय १० मत प्राप्त गरेर आफ्नो अग्रता कायम गरेका हुन् । बालेनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ४५ मत प्राप्त गरेकाछन् । स्थापित शाहभन्दा झन्डै दोब्बरले मतले पछाडि परेका छन् । यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ सय २ मत प्राप्त गरेकी छन् ।
त्यसैगरी राप्रपाका मदनदास श्रेष्ठले २ सय ८२ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले २ सय ८१ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले भने आफ्नो अग्रता बनाइ रहेकी छन् । उनले २ हजार ९ सय ५५ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई कायम राखेकी हुन् । गठबन्धनतर्फ एकीकृत समाजबादीका रामेश्वर श्रेष्ठले ८ सय ५० मत प्राप्त गरेका छन् ।






