दाङ । दाङको एक गाउँपालिकाको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. २ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका २७ वर्षीय सुनिल वली विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार वली आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ३२ मतले पछि पार्दै ६ सय २९ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका ठाकुरप्रसाद केसीले पाँच सय ९७ मत प्राप्त गरे । त्यस्तै कांग्रेसका उम्मेदवार टोपेन्द्रकुमारी खड्काले तीन ५१, एमालेका उम्मेदवार पूर्णबहादुर वलीले तीन सय ३४ मत प्राप्त गरेका थिए । वडाध्यक्षमा विजयी वलीले धारा चुनाव चिह्न पाएका थिए ।






