काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दशैभरी १५ वटा वडामा आफ्नो कब्जा जमाएको छ । यो समाचार तयार गर्दासम्म वडा तहमा भने राप्रपाले १५ स्थानमा आफ्नो जीत सुनिश्चित गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । ६ स्थानीय तहमा अग्रता बढाएको भएतापनि जितको खाता भने खोल्न सकिरहेको छैन ।
हालसम्म कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं ५ मा केशव खत्री, कपिलवस्तुको कृष्णनगर नगरपालिका १ मा टुकनाथ चौधरी अध्यक्षमा विजयी भएका छन् । यस्तै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नंम्१ मा लक्ष्मण मेहता अध्यक्षमा विजयी हुँदा रुपन्देहीको रोहिणी गाउँपालिकाको वडा नम्बर १ मा अलि पठान (मुक्त्तर अहमद पठान) विजयी भएका छन् ।
यस्तै चितवनको माडी नगरपालिका वडा नम्बर १ मा अमित लामा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मा छेदीलाल श्रीवास्तव, नवलपरासीको रामग्राम १ मा रुद्र प्रसाद सिंह अध्यक्ष, डोटीको केआई सिंह गाऊँपालिका ७ मा दिल बहादुर बलायर, बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ मा गणेश बहादुर विष्ट, पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा उमेश कार्की, धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ मा सोनाम तामाङ,
रुपहेन्दीको ओमसतिया १ मा बेलबहादुर बराल अध्यक्षमा विजयी भएका छन् । यस्तै कञ्चनपुरको दोधारा चाँदनी १ मा बिक्रम चन्द, धादिङको खनियाबास वडा नम्बर २ मा अरुण तामाङ र रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अरुण शाही विजयी भएका छन् । ती वडाहरुका अधिकांश स्थानमा राप्रपाका उम्मेदवार प्यानल विजयी भएका हुन् ।






