बाँके, नेपालगञ्ज । स्थानिय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भई रहंदा बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको पनि मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मत परिणाममा सो पालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार प्रशान्त विष्टले अग्रता कायम गरेका छन् ।
सत्तागठबन्धनका उम्मेदवार विष्टले ९८४ मत प्राप्त गरेर अग्रता कायम गरेका हुन् । उनलाई पच्छ्याउँदै राप्रपा तर्फका मेयर उम्मेदवार नन्नदालाल वैश्यले ३६६ मत प्राप्त गरेका छन् भने नेकपा एमाले तेश्रो स्थानमा रहेको छ । एमालेका मेयर उम्मेदवार पशुपति दयाल मिश्रले ३४० मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयर तर्फपनि नेपाली गठबन्धन तर्फका उम्मेदवार कमरुद्यीन राईले अग्रता कायम गरिरहेका छन् । राईले ८६२ मतले अगाडी छन् । उनलाई पच्छ्याउँदै राप्रपाकी उपमेयर बिन्दु चर्ती मगरले ४४५ मत प्राप्त गरेकी छन् । त्यसैगरी उपमेयरमा पनि एमाले तेश्रो स्थानमा नै रहेको छ । एमाले तर्फकी उपमेयर उम्मेदवार शान्ति ढकालले जम्मा २९३ मत ल्याएर गठबन्धन र राप्रपालाई पच्छ्याई रहेकी छन् ।






