चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् । ताजा मतपरिणामअनुसार भरतपुर १ मा ७ सय मत गन्दा दाहालले २ सय ७८ मत प्राप्त गरेकी हुन् । एमालेका उम्मेदवार विजय सुवेदीले २ सय ५८ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९४ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरतर्फ गठबन्धनबाट उम्मेदवार बनेका चित्रसेन अधिकारीले ३ सय १७ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले १ सय ९१ मत पाएकी छन् ।






