मकवानपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्ट्राचार नगरि, कमिसन नखाइ कसरी पालिका विकास हुन्छ भनेर हेर्नका लागि यो पटक आफ्नो पार्टीलाई विजयी गराउन अनुरोध गरेका छन् । आइतबार हेटौँडामा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
उनले भने, ‘राप्रपाले जितेको पालिका कस्तो हुँदो रहेछ भनेर हेर्न देशभरका मानिस हेटौँडा आउने बनाउँछौँ ।’ देशमा कम्युनिस्ट र कांग्रेसले भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै राप्रपाले भ्रष्ट्राचार उन्मूलनको महान् उद्देश्य बोकेको अध्यक्ष लिङ्देनले बताए । उनले यो पटकको चुनावमा एमाले–कांग्रेस–माओबादीको बाकस खाली गर्नका लागि अनुरोध पनि गरे ।
कार्यक्रममा राप्रपाबाट हेटौँडा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका दीपकबहादुर सिंहले देशलाई बचाउने हो भने राजसंस्था पुनस्र्थापन हुनुपर्ने दाबी पनि गरे । उज्यालोबाट ।






