बर्दिया । आसन्न निर्वाचनमा एमालेको बढैयाताल गाउँपालिका अध्यक्ष पदका उम्मेदवार एवं नेकपा एमाले बर्दिया जिल्ला अध्यक्ष लाल बहादुर श्रेष्ठले बढैयातालको वडा नं. ६ रानीपुरमा कृषि उद्योग निमार्ण गर्ने बताए । शनिबार गरिएको कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले किसान र त्याहाँको कृषि उत्पादनलाई ध्यानमा राख्दै उक्त कुरा बताएका हुन् । श्रेष्ठले सोही ठाउँमा ठूलो लगानीमा कृषि उद्योग निमार्णकालागी आफुले प्रयत्न गरिरहेको जानकारी गराए ।
उनका अनुसार दुई वटा उद्योगका बारेमा विगत ५ वर्षे आफ्नो कार्यकालमा सम्बन्धित निकायसंग कुरा गरेको बताए । त्यस अन्तर्गत पहिलोमा ऊखु उद्योग स्थापनाकालागी लगानी कर्तासंग उद्योगकालागी ऊखुको चालुु पुँजी सहीत ४ सय करौड खर्च गर्ने र र २ सय करोड फ्याक्ट्रिमा खर्च गरिने शर्तमा कुरा भएको पनि उनले जानकारी दिए । तर त्यसकालागी लगानी कर्ताले रिक्स मानेको हुनाले त्यो विषयमा आफु सफल हुन नसकेको उनले बताए ।
ऊखुु उद्योग स्थापनाको योजना सफल हुन नसकेपछि उनले दोश्रो योजना अन्तर्गत कृषिको योजनालाई अगाडी सारेको बताए । एक घर एक रोजगारको लक्ष्य सहीत बनाईएको कृषि योजनालाई उनले सोही रानीपुरमा पुरा गरेरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे । अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले चुनाव जित्नकालागी मतदाताहरुलाई झुटो आश्वासन नदिने बताउँदै कृषि उद्योग निमार्ण गरेपछि भने उक्त क्षेत्रका हजारौं जनालाई रोजगारी उपलब्ध गराउने बताए ।
उनले भने,‘चुनाबमा भोटकालागी जनतासंग झुटो बोलेर सबैलाई कार्यलयमा जागिर लगाई दिनेछु म भन्दिन । तर यहाँ मैले कृषि उद्योगको निमार्ण गरेरै छाड्छु । उद्योग निमार्ण गरेपछि त यहाँका सबै मानिसहरु स्वतहः रोजगार प्राप्त हुनेछन् ।’ कोण सभालाई सम्बोधन गर्दै श्रेष्ठले उक्त क्षेत्रमा किसानको हकहीतलाई मध्य नजर गरेर कृषि उत्पादनमा सहयोग गर्ने, सिंचाइ उपलब्ध गराउने, बाटोमा सहयोग गर्ने, विद्युत उपलब्ध गराउने जस्ता अत्यावश्यक कुरामाहरुमा ध्यान दिएर ती कुुराहरुलाई योजनामा पारेर काम गर्ने पनि बताए ।
उनले बर्दियाकै जनतानगरमा ५० विगाहा जमिन खरिद गरेर उद्योग सञ्चालन गरेको बताउँदै रानीपुरमा पनि उद्योग सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । श्रेष्ठ ०७४ सालको निवार्चनमा बढैयाताल गाउँपालिकाको निर्वाचित अध्यक्ष हुन् । उनी विगतमा कोभिडकै कारण पुरा गर्न नसकेका आफ्ना योजनाहरुलाई पुरा गर्नकैलागी सोही पालिकामा फेरी दोहोरिएका हुन् ।






