रुपनी जि.एम
बाँके, नेपालगञ्ज । बैशाख ३० गते हुन गई रहेको स्थानिय तहको निर्वाचनमा बाँकेको नेपालगञ्ज उपमहानगर पालिकाको लागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेयर पदकालागी नन्दालाल वैश्यलाई चयन गरेको छ । नन्दलाल राप्रपामा प्रवेश गरेर मेयर पदको उम्मेदवार बन्नु अघि उनको पहिचानलाई व्यापारीको रुपमा हेरिन्छ । उनी आफैमा एक सफल व्यापारी हुन् । नेपालगञ्जमा सफल व्यापारी मध्यको एउटा नाम उनको पनि हो । व्यापारी भएकै कारण उनी नेपालगञ्ज उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष समेत भई सकेका छन् । अध्यक्षको पदमा पुग्नकालागी उनले धेरै पटकको चुनावी प्रकृयामा ठक्कर खानु परेको छ ।
व्यापार संघमा भएको विभिन्न निवार्चनहरुमा कहिले सफल त कहिले असफलको मिठो र नमिठो स्वाद चाख्दै अघि बढी रहेका नन्दलले पार्टीप्रतिपनि आफ्नो सक्रियतालाई निरन्तर दिई रहे । नन्दलालको राजनीतिक यात्रा विद्यार्थी हुँदा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलबाट भएको थियो । वि.सं.०५६ सालमा नेपाली कांग्रेसको तरुण दलको वडा अध्यक्षबाट शुरु भएको नन्दलालको राजनीतिक यात्रा अहिले आएर राप्रपामा रोकिएको छ । उनले तरुण दलको २ कार्यकाल वडाध्यक्ष भएरै बिताए । तरुण दलको वडाध्यक्ष बन्दा पनि उनले आफुले कांग्रेसको सदस्यता भने लिएनन् ।
वि.सं. २०६३ सालसम्म कांगेसकै कार्यकर्ता भएर हिंडेका नन्नदाल त्यसपछि भने नेकपा माओबादीको नेपालगञ्ज उद्योग वाणीज्य संघका पुर्व अध्यक्ष, लुम्बिनी प्रदेश कमिटि सदस्य एवं माओबादी निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको केन्द्रिय उपाध्यक्ष स्व. दामोदर आर्चायको साथा लाग्न थाले । २०६३ सालमै नन्दलालले तरुण दल छाडेर उनै स्व. दामोदर आचार्यको साथ र सहयोगमा नेपालगञ्ज उद्योग वाणिज्य संघको सदस्यमा निर्वाचित भए । त्यसपछि उनी २०६६ सालमा उद्योग वाणिज्य संघको निर्वाचित उपाध्यक्ष बन्न सफल पनि भए ।
त्यसपछि २०६९ सालमा भएको निर्वाचनमा अध्यक्ष पदकालागी चुनाव लडेका थिए तर सफल हुन भने सकेनन् । त्यतिबेला उनी कृष्ण प्रसाद श्रेष्ठसंग प्रतिस्पर्धा गरेका थिए । त्यसपछि भएको २०७५ सालमा फेरी व्यापार संघको अध्यक्ष पदमा उम्मदेवार बने र जीत हाँसिल पनि गरे । व्यापारीका रुपमा चिनिएका नन्नदला वैश्यले व्यापारकै माध्यमबाट नेपालगञ्ज र नेपाल गञ्जबासीलाई गरेको योगदान अतुलनिय भएको उनी स्वयम् बताउँछन् । स्थानिय सरकार नभएको समयमा व्यापारी नन्दालालले नेपालगञ्जमा हुने १६ घण्टे लोडसेडिंगको अन्त्य आफ्नै पहलमा गरेको बताउँछन् ।
उनले आफु अध्यक्ष भएको कार्यकालमा यस क्षेत्रमा उद्योगसंग जोडिएका सबै समस्याहरु समाधान गर्नमा आफु सफल रहेको बताए । आफु उद्योग वाणिज्य संघमा रहंदा स्व. दामोदर आर्चायसंगको सुमधुर सम्बन्ध भएको कारणले सबैले आफुलाई माओबादी भन्ने ट्याग लगाएको बताउँदै यसै माओबादी त्यसै माओबादी भन्दै २०७३ सालमा माओबादीलाई स्वीकार गरेको पनि उनले बताए । राप्रपाबाट मेयरका उम्मेदवार वैश्यले माओबादीलाई स्वीकार गरेतापनि आफुले त्याहाँपनि माओबादीको सदस्यता नलिएको प्रष्ट पारे ।
सदस्यता नलिएता पनि माओबादी पार्टीमा आफ्नो योगदान अतुलनीय रहेको उनको भनाई छ । त्यही योगदानलाई गठबन्धनकै कारण कदर नगरेको पुर्व माओबादी पार्टीप्रति उनको आरोप छ । माओबादीलाई त्यही आरोप लगाउँदै उनी यही बैशाष ३० मा हुन गई रहेको निर्वाचनको मुखैमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेको बताउँछन् । पाँच दलको गठबन्धन् र एमालेको आफ्नो ठूलै दलबलका बीचमा पनि मेयर पदका उम्मेदवार नन्दालालले आफ्नो जीत हुनेमा ढुक्क छन् ।






