बाँके । नेपालगञ्ज उपमहानगर पालिकाकोलागी राप्रपाबाट मेयर र उपमेयरका प्रत्यासी उम्मेदवारद्धय नन्दलाल वश्य र बिन्दु चर्ती मगरले मुस्लिम समूदायका मानिसहरुलाई रोजा अफ्तार गराएका छन् । उनीहरुले आज आईतबार नेपालगञ्ज १६ जयसपुरमा ५ सय जना मुस्लिम जनताहरुलाई रोजा अफ्तार गराएर उनीहरुको एक छाकको भोजनमा सहयोग पुर्याएका हुन् ।
उक्त रोजा अफ्तार कार्यक्रममा र नगरकालागी मेयरका उम्मेदवार नन्दालाल बश्य र उपमेयरका उम्मेदवार विन्दु चर्ती मगरले सामूहीक रुपमा आर्थिक सहयोग गरी रोजा अफ्तार कार्यक्रमको आयोजना गरेको जयसपुर स्मार कृतिगाउँ कार्यान्वयन समितिका सचिव असलम राईले जानकारी दिए । ५ सय जनामा रोजा अफ्तार भएको सचिव राईले बताए ।

उनका अनुसार उपमेयरका उम्मेदवार चर्ती मगरले मुस्लिम समूदायका हक अधिकारकालागी जनतचेतना कार्यक्रमको योजना बनाउने, मुस्लिम समूदायकालागी सम्बन्धित ठाउँमा आवाज उठाउने, बेरोजागारी महिला दिदीबहीनीहरुकालागी सीप मूलक तालिमको आयोजना गरेर उनीहरुलाई स्वरोजगार बनाउने, त्यसैगरी मुस्लिम महिलाहरुलाई राजनीतीको मूलधारमा ल्याउने बताईन् ।
उक्त रोजा अफ्तार कार्यक्रममा राप्रपाका महामन्त्री एवं उपमहानगर पालिकाका मेयर धवल शम्शेर राणाले विगतमा नेपालगञ्जमा रहेका मुस्लिम समूूदायलाई जातियताको नाममा, धार्मिकताको नाममा अगवा कुनैपनि कारणबाट आफु र आफ्नो पार्टीले भेदभाव नगरेको बताए । उनले हिन्दुको मन्दिर बनाउँदा मुस्लिमहरुको पनि मस्जिदको संरचनाहरुलाई सुरक्षित गरेको बताए ।






