बर्दिया । नेकपा माओबादी (केन्द्र) का तर्फबाट बढैयाताल गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार व्यवसायी हिमालय त्रिपाठीले आफ्नो व्यापारको नाममा गर्दै आएको कालो धन्दामो पर्दाफास भएको छ । उनले करिव एक वर्षअघि पशु आहरा (ब्रान) मा काठको धुलो मिसाएर बिक्री गरेको कुरा सार्वजनिक भएसंगै उनले व्यापारको नाममा गर्दै आएको कालो धन्दाको पर्दाफास भएको हो ।
व्यापारी उम्मेदवार त्रीपाठीले पशु आहरा (ब्रान) मा काठको धुलो मिसाएर बिक्री गरेको भन्दै स्थानीय किसानहरुले आक्रोस व्यक्त गरेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा किसानहरुले उनीद्धारा सञ्चालित राधाकृष्ण राईस मिलबाट किनेको ब्रानमा काठको धुलो ल्याएर मिसाईएको फेला परेपछि उनीमाथी ग्राहकलाई ठगी गरिएको आरोप लगाइएको छ । स्थानीयहरुले काठको धुलो मिसाउने व्यवसायी त्रिपाठीलाई कारवाहीको माग गरिरहेको उक्त भिडियोमा सुन्न सकिन्छ ।
स्थानीयका अनुसार व्यवसायी त्रिपाठीको मीलबाट किनिएको ब्रान्ड खुवाइएका डेढ सयबढी पशु विरामी भएका थिए । एकैसाथ सयौँ पशु विरामी भएपछि त्रिपाठीको मीलमा सयौँ किसान पुगेर घेरेका थिए । किसानको विराधपछि स्थानीय प्रशासनले उनको मीलमा रहेको ब्रान हेर्दा काठको धुलो मिसाइएको पुष्टि भएको थियो । किसानको तिब्र विरोधपछि व्यवसायी त्रिपाठीले डेढ लाख रुपैयाँ क्षतिपुर्ति तिरेका थिए । उद्योग बाणिज्य संघ बर्दियाको दबावपछि स्थानीय प्रशासनले मुद्दा दर्ता नगरी घटना मिलेको थियो ।
काठको धुलो मिसाएर ब्रान बिक्री गरेको आरोप झेलेका हिमालय त्रिपाठीले उक्त घटमा आफू संलग्न नभएको पटकपटक दोहोर्याउँदै आएका छन् । उनले आफूलाई पटकपटक बदनाम गर्न खोजेको गुनासो गर्दै आएका छन् । तर, उनले किसानलाई क्षतिपुर्ति दिएको भन्ने खण्डन गर्न सकेका छैनन् । वडा न। ७ का वडाध्यक्षले पनि व्यवसायी त्रिपाठीको मीलबाट किनेको बान्डमा किसानले काठको धुलो भेटिएको बताएका थिए ।
उनको उम्मेदवारीपछि पाका नेताहरु पार्टीमा लगानी गरिएका व्यक्तिलाई उम्मेदवारी नदिएको भन्दै असन्तुष्टी जनाई रहेका छन् । उनको उम्मेदवारीले बढैयाताल गाउँपालिकाका माओबादी नेता तथा कार्यकर्ता विभाजित भएका छन् । अध्यक्ष पदका उम्मेदवार त्रिपाठीले राजापुर गाउँमा राधाकृष्ण राईस मिल, चिउरा मिल र काठ चिरान गर्ने समिल सन्चालन गर्दै आएका छन् । स्रोतः सामाजिक सन्जाल






