बाँके, राप्तिसोनारी । नेकपा एमाले राप्तीसोनारीले घरदैलो कार्यक्रमलाई व्यापक तिव्रता दिएको छ । अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष अनि सदस्यलगायत अन्य नेता कार्यकर्ताहरुसङ्गको दैनिक घरदैलोले उमेदवारलाई उर्जा मिलेको छ, भने स्थानिय जनतामा पनि छुट्टै रोनक छाएको छ ।
घरमै काम गरेर बस्नु भएपनी खेतका गरागराबाट ‘सै पनि एमाले मै पनि एमाले’ भन्ने गित कान सम्म पुग्दा नाँच्दै गाउँदै न घामको प्रवाह न त कामको प्रवाह चुनावी प्रचारप्रसारमा लागिहाल्ने गरेको नेकपा एमालेका पार्टी अध्यक्ष मनोज केसिले बताए ।
उनले स्थानीयको उत्साहजन सहभागीता बढ्न थालेपछि आजै जित सुनिश्चित भएको महशुस भएको बताए । सायौको संख्यामा स्थानीयहरु स्वतस्फुर्त रुपमा चुनावी अभियानमा होमिन थालेका छन । राप्तीसोनारीको नौ वटै वडामा उम्मेदवारको प्रचारप्रसार अभियान चलेको छ ।
घरदैलोको क्रममा पालिका अध्यक्ष पदका उम्मेद्बार रामदास थारु उपाध्यक्ष पदकी उम्मेद्बार चमेली बाकावल लगायत वडाका अध्यक्ष र सदस्य पदका उम्मेद्बारहरुले स्थानीयका समस्या तथा गुनासो सुनेका थिए । साथै आफुहरु निर्वाचित भएर गएपछि जनताका समस्याहरु हल गर्ने प्रतिबद्धता जनाएका छन् ।
अधिकाश स्थानीयले यसपटकको निर्वाचनमा नेकपा एमालेले सरल नम्र र सहयोगी समाजसेवामा पोख्त, योग्य र इमानन्दार व्यक्तिहरुलाई उम्मेदवार उठाएका कारण निर्वाचनमा विजयी गराउने बताएका छन् । आज गाउँपालिकाका सबै वडामा आफ्नो आफ्नो तरिकाले घरदैलो अभियान सन्चालन गरिएको थियो भने अध्यक्ष र उपाध्यक्ष पदका उम्मेद्बारसङ्ग सङ्गै रहेर वडा नम्बर ३,४ र ५ नम्बरका अभियान सन्चालन गरिएको थियो ।






