सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन् । प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष पोख्रेलले पार्टीभित्र गुटगत नेताहरुको आचरणले गर्दा आफ्नो पार्टीप्रतिको योगदानको अवमूल्यन भएको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
नेकपा एमालेमा नै बसेर राजनीति गर्न नसकिने भएकाले पार्टी परित्यागको घोषणा गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनले आउँदो वैशाख ३० हुने पालिका चुनावमा नेकपा एमालेको तर्फबाट पुनः गाउँपालिका अध्यक्षमा दाबी गर्दै आएका थिए । पार्टीले टिकट नदिएपछि रुष्ट भएका उनले पार्टी नै परित्यागको घोषणा गरेका हुन् । पोख्रेल नेकपा एमाले सङ्खुवासभाका जिल्ला कमिटी सदस्यसमेत हुन् ।
उनी २०७६ सालको उपचुनावमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । योपनि अहिले देशका विभिन्न ठाउँमा मेघगर्जन र च ट्या ङ्गसहित पानी परिरहेको छ । भारतको बिहारमा बनेको न्यून चापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो पहाडी क्षेत्रमा मेघगर्जन र च ट्या ङ्गसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेषगरी आज प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो पहाडी क्षेत्र र तराईका केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । यो हप्तादेखि पानी पर्ने क्रम बढ्दै जाने र तापक्रम घट्ने मौसमविद्ले बताएका छन् । अहिले देशका केही ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्दा जनजीवन प्रभावित भएको छ । सरकारले सावधानी अपनाउन आग्रह गरेको छ ।






