काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका इन्जिनियर तथा र्यापर बालेन शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको बताएका छन् । राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि मिडियासँग कुराकानी गर्दै शाहले भने, ‘म भोट काट्न उठेको हो । नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न आएको हुँ । उनीहरूको भोट काटेर म जित्न आएको हुँ ।’
एउटा स्वतन्त्र तथा वैकल्पिक शक्तिले अर्को यस्तै शक्तिलाई सहयोग गर्नुपर्ने उनले जनाए । उनले एउटा वैकल्पिक शक्तिले अर्को वैकल्पिक शक्तिलाई स्विकार्नु पर्ने समेत बताए । ‘वैकल्पिक शक्ति एउटा मात्र हुनुपर्छ भन्ने छैन । कतिपय वैकल्पिक शक्तिसँग हाम्रो सहकार्य भयो र कतिपयले मान्नु भएन । यो लोकतान्त्रिक अभ्यास हो,’ उनले भने ।
शाहले काठमाडौंको मेयरमा आफूले ९० हजार ८३५ मतले जित्ने दाबी दोहोर्याए । अघिल्लो पाँच वर्षको जस्तो दुःख नभोग्न मतदाताले आफूलाई मत दिनुपर्ने उनले जनाए । व्यवस्थापनको कमजोरीले गर्दा काठमाडौंका जनताले सुख पाउन नसकेको बुझाई उनको छ । ‘युवा भएर मात्र भोट मागेका छैनौँ । दृष्टिकोण बनाएका छौं सोही अनुसार काम गर्छौँ भनेर भोट मागेका छौं ।’ शाहले भने, ‘स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो ।’
मतदानअघि सकभर काठमाडौंका सबै वडा र टोलमा पुग्ने आफ्नो कार्यक्रम रहेको उनले सुनाए । उनले प्रश्न गरे, ‘चुनाव अघि घरघर आउने मेयर चाहिएको हो की, पाँच वर्षसम्म घरघर आएर सेवा गर्ने मेयर चाहिएको हो रु यो मतदाताले रोज्नुपर्छ ।’ काठमाण्डौ महानगरपालिका भित्र साढे दुई लाख घर रहेको र सकेसम्म सबै घरमा कुनै न कुनै माध्यमबाट पुग्ने प्रयास आफूले गर्ने उनले जनाए ।
यो संगै क्याप्टेन विजय लामाले शाहको बारेमा तारिफ गर्दै केहि विचार सामाजिक संजालमा राखेका छन् । उनले लेखेखेका छन्,
बालेन शाह भाई नमस्ते
राष्ट्रले परिवर्तन मागेको छ । त्यो परिपुर्ति गर्न युवा पुस्ता पनि राजनितिमा होमिनु पर्ने अवस्था छ । बिगतका चुनावका छनोट को परिणामहरु प्रायः आम जनताका लागि निराशाजनकनै रहेको छ । सुन्दर सफा हुनुपर्ने काठमाडौं सहर आज फोहोरको डुङुरमा परिणत भएको छ । न्युनतम पुर्भाधार को अभाव र चरम अव्यवस्था छ् । यस्तो अवस्थमा राजधानी शहरको बागडोर सम्हाल्न एक काबिल युवाको हैसियतले तपाईंले अफ्नो उम्मेद्बारी पेश गर्नु भएको छ ।
मेरो तपाईं सित ब्यक्तिगत पहिचान कुनै छैन । तर एक सचेत नगरवासिको नाताले सबै उमेदवारको बारेमा जानकारी राख्नु मेरो धर्महो झैं लागछ । तपाईं को बारेमा जति थाहा पाय त्यति प्रभावित भएको छु। तपाईंको घोषणापत्र पनि निकै ब्यवस्थित पाए । हुनुपर्ने र गर्न सकिने कुराहरु उल्लेखित रैछन। आफैँमा तपाई ईन्जिनियर भएको हुदा काठमाडौं सहरको गुमेको गौरव फर्काउन सकिने तपाईंको आत्मविश्वासको कदर गर्छु ।
एक स्वतन्त्र उमेदवारको हैसियतले प्रतिस्पर्धा गर्न पक्कै पनि सहज छैन । तर सकारात्मक सोच , धृड आत्मबल स्पष्ट योजना सहित अघि बढह्यो भने लक्ष अशम्भव छैन । कयौं देशमा राष्ट्र प्रमुखनै युवा पुस्ता छ्न । हाम्रो देशमा नगर प्रमुख एक युवा हुनु कुनै नौलो होइन । बरु अरु पार्टीहरुले पनि एक पटक युवा जनशक्तिमा बिश्वास गर्दा कति राम्रो हुन्थ्यो ।
शुभकामना तपाइलाई,,,,,,,,,
जय चन्द्र सुर्य






