बाँके । नेकपा एमाले राप्तिसोनारी गाउँपालिकाका विभिन्न वडाका उम्मेद्वारहरुले जनताको घरदैलोमा पुग्ने घरदैलो अभियान कार्यक्रम आजबाट सुरु गरेका छन् । यस्तै वडा नम्बर ८ वडाका अध्यक्षका उम्मेद्बार शालिकराम डागी खुल्ला सद्स्य रमेश खनाल,ओरिलाल थारु ,महिला सदस्य गौत्रा डागी र दलित सदस्य शुसिला बिक लगायत अन्य नेता कार्यकर्ता सहितको टोलिले प्रचारप्रसार गरेको सदस्य पदका उम्मेद्बार रमेश खनालले जानकारी गराएका छ्न् ।
आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरेर सुरु गरेको कार्यक्रममा वडा अध्यक्ष पदका उम्मेद्बार शालिकराम डागिले आफू निरन्तर यस वडाको बिकासको लागि दिनरात लागिरहेको र अबका दिनहरुमा पनि जनताको सेवामानै खटिरहने बताउदै यसपटक आफुलाई मत हाल्न आग्रह समेत गरेका छ्न् । उनले आफुले चुनाव जितिसकेपछी वडालाई कृषि, पर्यटन, शिक्षा स्वास्थ र खानेपानीलाई विशेष प्रथामिकतमा राखी वडाको बिकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै खुल्ला सदस्य पदका उम्मेद्बार रमेश खनालले आफू बर्षौ देखि खानेपानीको क्षेत्रमा काम गर्दै आइरहेको र अबका दिनमा स्वच्छ पानी स्वस्थ जीवन प्रत्येक वडाबासिको हुने र आफू युवा नेता अनि समाजसेवी भएकोले युवा तथा बालबालिकाहरुको शारिरिक बिकास अनि स्वास्थलाई मध्यनजर गर्दै आफ्नो वडालाई खेलकुदमय वडा बनाउने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै वडा नम्बर ५ मा पनि घरदैलो अभियानलाई तिब्र पारिएको नेकपा एमाले राप्तिसोनारी वडा नम्बर ५ का इन्चार्ज माधव पौडेलले जानकारी गराए ।
वडा नम्बर ५ का वडा अध्यक्ष पदका उम्मेद्बार बालकराम थारु ,खुल्ला सदस्य शेर बहादुर बि क, गोबिन्द जैसि, महिला सदस्य धन कुमारी थारु र दलित महिला सदस्य कल्पना बि क लगायतको टोलि जनताको घरदैलोमा आफ्ना प्रतिबद्धता सहित पुगेका हुन् ।
यस्तै घरदैलोकै अभियानमा वडा अध्यक्ष पदका उम्मेद्बार बालकराम थारुले आफू यहि ठाउँमा जन्मिएको हुर्किएको अनि निरन्तर समाजसेवामा लागिरहेको हुँदा यसपाली आफ्नो पाटी बाहेक फरक पाटिमा आस्था र बिचार राख्नेहरुले पनि आफुलाई मतदान गर्नेमा आफू ढुक्क भएको बताए । उनले आफुले चुनाव जिते आफ्नो वडालाई लाई स्वच्छ र सफा खानेपानीयुक्त,
अनि आफ्नो वडा भित्र कृषी कार्य गरेर जीवनयापन गर्ने कृषकहरुको लागि निशुल्क बिउबिजन, मल सिचाईको लागि पहल गर्ने र आफ्नो वडालाई कृषि हब बनाउन निरन्तर लागिरहने र बाँके जिल्लाकै नमुना वडा बनाउने प्रतिबद्धता समेत गरेका छन् । आसा छ उम्मेद्बारहरुले आफुले बोलेका र प्रतिबद्धता गरेका बाचाहरु पूरा गर्नेछन् ।






