कोहलपुर । नेकपा एमाले कोहलपुरले आज परिचयात्मक कार्यक्रम गरेको छ । कोहलपुर नगरपालिका प्रचारप्रसार समितिले राखेको सप्ताहव्यापि उम्मेद्बार परिचयात्मक कार्यक्रम आज बाट सुरु गरेको छ । बैशाष १३ गते मंगलबारबाट सुरु भएको परिचयात्मक कार्यक्रम १८ गते आइतबार सम्म रहनेछ । निर्वाचनलाई लक्षित गरेर आजबाट सुरु गरेको कार्यक्रममा १ नम्बर वडा २नम्बर र ३ नम्बर वडामा कार्यक्रम गरेको प्रचारप्रसार बिभाग संयोजक उमेश गुरागाईले जानकारी गराएका छन् ।
बिहान ८ बजे देखि १० बजेसम्म वडा नम्बर १ मा वडाका वडा अध्यक्ष र सदस्य र मेयर उपमेयर पदका उम्मेद्वारसङ्ग वडाबासीहरुको भेला गराई नगर अनि वडाका प्रतिबद्धता सहित परिचयात्मक कार्यक्रम गरिएको हो त्यस्तै १० बजे देखि १२ बजेसम्म वडा नम्बर दुई का सदस्य पदका उम्मेद्बवार र वडाबासी हरुसङ्ग परिचयात्मक गरिएको थियो । बिहानभरी को परिचयात्मक कार्यक्रमको समीक्षा सहित बेलुका ५ बजे देखि ७ बजे सम्म वडा नम्बर ३ का वडा सदस्य र स्थानिय परिचयात्मक कार्यक्रम गरिएको थियो ।
परिचयात्मक कार्यक्रममा केन्द्रिय सदस्य सुर्य ढकाल, प्रदेश कमिटी सदस्य बसन्ती भट्टराई , जिल्ला कमिटी सदस्य खेम शर्मा , बलराम भट्टराई लगायत युवा नेता बिद्यार्थि नेताहरुको बाक्लो उपस्थिति रहेको थियो। परिचयात्मक कार्यक्रम १४ गते बिहान ४ नम्बर वडा बाट सुरु हुने भएकाले सम्पुर्ण उम्मेद्वार र नेता कार्यकर्ताहरुलाई उपस्थितिको लागि बिहान ८ बजे बोलाइएको प्रचारप्रसार बिभाग प्रमुख गुरागाईले जानकारी गराएका छन् ।






