बर्दिया । नेकपा एमालेले बर्दिया बढैयाताल गाउँपालिकामा आज उम्मेदवारी दर्ता गराएको छ । एमाले उम्मेदवारहरुले सोमबार दिउँसो १ बजे आफ्ना उम्मेदवारी दर्ता गराएका हुन् । गाउँपालिका अध्यक्ष पदका उम्मेदवार लाल बहादुुर श्रेष्ठ र उपाध्यक्षमा लक्ष्मि अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमालेबाट अध्यक्ष पदमा बढैयाताल गाउँपालिका वडा नं. १ मा यम बहादुर थापा, वडा नं. २ बिक्रम गिरी, वडा नं.३ बाट ललन यादव, वडा नं.४ बाट नर बहादुर बुढा, वडा नं.५ बाट सुरेश थारु, वडा न. ६ रामहरश थारु, वडा नं.७ बाट राधेश्याम थारु, वडा नं ८ तेजनाथ पौडेल, वडा नं. ९ वीर बहादुर थारुले उम्मेदवारी दिएका छन् ।
दिउँसोको टन्टलापुर घाममापनि बाजागाजा र जुलुस सहीत निस्किएको र्यालीले बढौयाताल गाउँपालिकाको रौनक नै बढाएको थियो । विभिन्न वडामा रहेको सम्पर्क कार्यालयबाट र्याली सहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराइएको थियो ।













