काठमाण्डौ । कोरोना भाइरस सङ्क्रमणका दुई वर्ष हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रवारदेखि सुरु हुँदैछ । यसअघि दुई वर्ष विद्यालयकै मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको थियो । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रकै आधारमा विद्यार्थीले परीक्षा दिँदैछन् ।
पहिलो दिन आज विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिँदैछन् । परीक्षा अहिले ८ बजेदेखि सुरु हुँदैछ । एसईईका लागि देभरका दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ । पाँच लाख १४ हजार नौ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।
यसपालि एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि सहभागी हुँदैछन् । साउन १ गतेदेखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै नतिजा सार्वजनिक गरिसक्ने बोर्डले जनाएको छ ।






