काठमाण्डौ । नेकपा एस (एकीकृत समाजबादी) ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै मतदालताई निशुल्क खानेपानी र दुई सय युनिट विद्युत निुशल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । ‘हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खाने पानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँच हजार लिटर पानी निःशुल्क रूपमा उपलब्ध गराइने छ ।’
नेकपा एसको घोषणापत्रमा उल्लेख छ, ‘खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा अनिवार्य रूपमा पु¥याइने छ ।’ नेकपा एसले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी वैशाख ३० गते हुन गइरहेको स्थानी तहको चुनावलाई लक्षित गरी आफ्नो घोषणापत्र सार्वजनिक गरेको थियो । घोपाणापत्रमा हरेक घरपरिवारमा स्वच्छ खानेपानी पु¥याउने काम स्थानीय सरकारको उच्च प्राथमिकता हुने जनाइएको छ ।
सोहीअनुसार बजेटको प्राथमिकता निर्धारण गरिने समेत घोषणापत्रमा उल्लेख छ । ‘एक घर एक धारा, पूर्ण सरसफाई हाम्रो अभिभारा’ भन्ने नाराका साथ जनताको आधारभूत आवश्यकता पूरा गर्ने प्रतिवद्धता नेकपा एसले गरेको छ । ‘स्थानीय सरकारमार्फत हरेक घर परिवारलाई वार्षिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिइने छ । यसका लागि सङ्घीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिने छ,’ नेकपा एसले घोषणापत्रमा भनेको छ ।






