काठमाण्डौ । वन संरक्षण जिम्मेवारी लिएका व्यक्ति नै काठ तस्करीमा संलग्न भएको फेला परेपछि पक्राउ परेका छन् । उनलाई प्रहरीले अवैध काठ सहित पक्राउ गरेको हो । सिरहाको मिर्चैया नगरपालिका–७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीसंगै प्रहरीले बहुमूल्य प्रजातिको खयर काठ, तीन वटा आँपको गोलिया र विभिन्न जातको अवैध काठ बरामद गरेको छ । प्रहरीले उनी सहित लोड गरिएको स १ त ३६०७ ट्याक्टर पनि नियन्त्रणमा लिएको छ । अध्यक्ष पोखरेल आफैले ट्याक्टर चmाएका थिए । सशस्त्र प्रहरीले पक्राउ गरी पोखरेललाई वन कार्यालयलाई बुझाएको थियो ।
डिभिजन वन कार्यालयका निमित्त प्रमुख गंगाप्रसद यादवले नियन्त्रणमा लिइएको काठ नापजोख भइरहेको र पक्राउ परेका पोखरेललाई मुद्दा चलाउन आवश्यक अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट सोमबार नै म्याद थप गरिएको बताए ।






