काठमाण्डौ । केरा खेतीमा लागेका किसान अहिले निकै ठूलो समस्यामा परेका छन् । कम जनशक्ति भए पुग्ने र अन्य खेतीभन्दा धेरै उत्पादन सुने भन्दै केरा खेतीमा लागेका किसानमा निराशा बढ्दै गएको छ । भारतीय केराको निर्बाध आयातका कारण आफ्नो उत्पादनले उचित बजार पाउन नसकेपछि किसानमा निराशा छाएको हो ।
किसानले २०, २५ रुपियाँमा बिक्री गरेको केरा बजारमा पुग्दा एक सय रुपियाँ हुन्छ । पछिल्लो समय केरा खेतीमा नयाँ(नयाँ रोग देखा परिरहेका छन् । केरामा खपटे घुन र गबारो रोगको प्रकोप देखिएको छ । भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि केराको खेती गर्ने कृषक घट्दै गएका छन् भने कतिपयले कम जग्गामा मात्र खेती गरिरहेका छन् ।
समयमा रोगको पहिचान र औषधिको व्यवस्था, दक्ष प्राविधिक र आधुनिक यन्त्र उपकरण, सिँचाइ, आयातित केराको भन्सार दर वृद्धि, केराको क्वारेनटाइन जाँच । सुलभ भाडा दरमा जग्गाको उपलब्धता, अनुदानमा केराको बेनी र सरल रूपमा बैंकबाट ऋणको व्यवस्था हुनुपर्ने किसानको माग छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।






