काठमाण्डौ । पत्रकार रवी लामिछाने बने कामना सेवा विकास बैंकको ब्राण्ड एम्बास्डर । कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा सञ्चारकर्मी रवि लामिछानेलाई नियुक्त गरेको छ । सोमबार राजधानीमा आयोजित एक समारोहमा रवि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सो क्रममा लामिछानेले बैंकको पारिश्रमिक वापत पाउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको ज्योती पु¥याउने कार्यको लागि छुट्टाउने घोषणा गरे । यसैगरी बैंकले पप गायक सुगम पोखरेलसँग आधिकारिक भ्वाइस पार्टनरको रुपमा यस अगाडि गरेको सम्झौता समेत नवीकरण गरेको छ ।
सम्झौता पश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैंकका प्रचार–प्रसार लगायतका विभिन्न क्रियाकलापहरुमा सहभागी भई बैंकको पहिचान तथा साख वृद्धिमा दुवै व्यक्तित्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताए ।






