काठमाण्डौ । एक महिलाले बाटोमा फेला पारेको ५० हजार रुपैया प्रहरीलाइ बुझाएकी छन् । तर त्यो पैसाको धनी भने प्रहरीको सम्पर्कमा आएका छैनन् । तारकेश्वर नगरपालिका १ नयाँबस्ती बस्ने सम्झना पन्तले भेट्टाएको ५० हजार रुपैयाँ महानगरीय प्रहरी वृत बालाजुमा बुझाएकी छन् ।
पन्तले आइतबार दिउँसो तारकेश्वर नयाँबस्ती आनन्दटोलमा रहेको छाप्दी बाराही किराना स्टोर अगाडि ५०० रुपैयाँको एक सयवटा नोट भएको गड्डी फेला पारेकी थिइन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीकाअनुसार फेला पारेको ५० हजार रकम प्रहरीमा बुझाउने पन्तलाई सम्मान गरिएको छ ।
साथै प्रहरीले पैसा बुझाउन पैसाधनीलाई खोजिरहेको छ । पैसा धनीले आफ्नो पैसा लिनको लागि प्रमाणसहित बालाजु वृतमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।






