चितवन । अघिल्लो स्थानिय तह निर्वाचनमा माओवादी केन्द्रकी रेणु दाहालसंग मेयरमा पराजित भएपनि एमालेवाट उम्मेदवार बनेका देवी ज्ञवालीको निकै धेरै चर्चा भयो । अहिले फेरी भरतपुर महानगरमा उनको उम्मेदवारीको चर्चा चलेको थियो । तर एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ ।
एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । महानगरको मेयरमा सुवेदीलाई सर्वसंगत ढंगले उम्मेद्वार बनाउने घोषणा गरिएको देवी ज्ञवालीले बताए । मेयरको उम्मेद्वारमा सुवेदीलाई निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका हुन् ।
महानगरको मेयरको उमेदवारमा देवी ज्ञवालीको पनि चर्चा थियो । २०७४ को चुनावमा माओवादी केन्द्रकी रेणु दाहालसँग पराजित भएका ज्ञवालीले यस पटक विजय सुवेदीलाई नै मेयरको उमेदवारमा प्रस्ताव गरेका हुन् । उपमेयरको उमेदवारको घोषणा गरिएको छैन । उपमेयरमा एमालेले राप्रपासँग तालमेल गर्ने तयारी गरेको छ ।






