काठमाण्डौ । नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले पार्टीलाई केपी शर्मा ओलीले थो’त्रो बनाइ सकेकाले एमालेमा कसैको भविष्य नभएको जिकिर गरेका छन् । दुःख गरेर बनाएको पार्टीलाई ओलीले नेतृत्व गरेपछि एकलौटी ढंगले कब्जा गरेर गलत बाटोतर्फ अघि बढाएर दक्षिणपन्थी बाटो समातेकाले कसैको पनि भविष्य सुरक्षित नभएको उनले दावी गरे ।
‘नेता मदन भण्डारी, मनमोहन अधिकारीसहित हामीले दुःख गरेर बनाएको पार्टी जब केपी ओलीले नेतृत्व गरे, व्यक्तिगत अ हं का रमा मा’ति’न थाले अनि एमालेलाई काम नलाग्ने थो त्रो बनाए,’ पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले सोमबार इटहरीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने । उनले ओलीले एमालेलाई थोत्रो बनाएर काम नलाग्ने बनाएपछि बाध्य भएर नयाँँ क्रान्तिकारी पार्टी निर्माण गर्नुपरेको बताए ।
‘एमालेलाई ओलीले काम नलाग्ने बनाएपछि उनको पार्टीको चुनाव चिन्ह सूर्यमा पनि ग्र ह ण लागि सक्यो,’ नेपालले भने, ‘अब सत्यको प्रकाश छर्ने, न्यायको बुलन्द गर्ने कलम चिन्हका दिन सुरु भएका छन् ।’ माघ १९ गते भएको राष्ट्रिय सभाको निर्वाचनदेखि नै ओलीको पार्टीको चुनाव चिन्ह भुइँमा पछारिएर ओरालो लागि सकेको जिकिर गरे ।
‘ओलीको पार्टीबाट वाक्क दिक्क भइ सकेकाहरु अहिले एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर देशैभरी चलेको छ ।’ उनले भने, ‘ओलीको पार्टीमा जो बस्छ, उसले भविष्य गुमाउँछ, भविष्य सुनिश्चित गर्नेहरु एकीकृत समाजवादीमा लाग्नेछन् ।’ उनले आफ्नो पार्टीमा गलत कार्य गर्नेहरुलाई सचेत हुन पनि चेतावनी दिए ।
‘हाम्रो पार्टी भित्र पनि गफ लगाउनेहरु छन् । पार्टीभित्र केही गर्दैनन्, गफ मात्र दिन्छन् । त्यस्ता व्यक्तिहरुलाई सचिएर इमान्दार र निष्ठापूर्वक लाग्न आग्रह गर्छु,’ उनले भने । उनले २०५१ सालमा एमालेको सरकार बन्दा र २०६६ सालमा आफू प्रधानमन्त्री हुँदा स्मरणीययोग्य काम गरेको सुनाउँदै सबै नेता तथा कार्यकर्तालाई उदाहरणीय कार्य गर्न सुल्झाए । नागरिकबाट






