काठमाण्डौ । बाढीपहिरोले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत गरी सु रु ङमा पानी पठाएर परीक्षण सुरु भएको छ । सफाइ अन्तिम चरणमा पुगेसँगै परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाले जनाएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले बिहीबार मेलम्चीको मुख्य प्रवेशमा क्षमापूजा गरेपछि परीक्षणका लागि पानी पठाइएको हो ।
मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर माधवप्रसाद न्यौपानेले आयोजनाको मुख्य ढोका खोलिएको र सफाइको काम अन्तिम चरणमा पुगेकाले परीक्षणका लागि पानी पठाउन थालिएको जानकारी दिए । न्यौपानेका अनुसार मुख्य ढोकाबाट परीक्षणका लागि पठाएको पानी नौ नम्बर हेडवक्र्स र अम्बाथानतर्फको १७ नम्बर ढोकाबाट बाहिर पठाइको छ ।
गत असार १ र साउन १७ गते आएको बाढीले आयोजनाका प्रमुखद्वार बफर ड्यामदेखि अम्बाथानसम्मको ८०५ मिटर सु रु ङ गेग्य्रानसहितको लेदोले पुरेको थियो । बाढीले आयोजनाका मुख्य ढोका क्षतिग्रस्त बनाएको थियो भने बाहिरी भागसमेत पुरेका कारण आयोजना पूर्ण रूपमा बन्द भएको थियो । क्ष ति ग्र स्त ढोकाहरू खुला गरी सु रु ङभित्र जमेको लेदो परीक्षणका क्रममा पठाएको पानीबाटै सफाइ गरिने आयोजनाले जनाएको छ ।
बाढीले क्षतिग्रस्त बनेका सु रु ङभित्रका ढोकाको मर्मत निर्माता भारतीय कम्पनी ‘पिरिसिजन इन्डिया लिमिटेड’ (पीआईएल) का प्राविधिकमार्फत भइरहेको समितिका सिनियर डिभिजन इन्जिनियर पदम कुँवरले जानकारी दिए । नेपाल सरकारले क्ष ति ग्र स्त मेलम्ची खानेपानी आयोजना सफाइ तथा मर्मत गरी यही चैत मसान्तभित्र काठमाडौँको सुन्दरीजलमार्फत उपत्यकामा पानी वितरण गर्ने लक्ष्य लिएको छ ।
खानेपानीमन्त्री चौधरीले आयोजनाको काम समय अगावै सक्ने गरी कार्ययोजना नै बनाएर काम गर्न निर्देशन दिएका थिए । आयोजनाको सु रु ङ निर्माण गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रोले सफाइ तथा मर्मतको काम तोकिएको समयभित्र पूरा गर्न अन्य तीनवटा नेपाली सहायक कम्पनीमार्फत २४ घण्टा नै काम गरिरहेको छ । सिनो हाइड्रोका नेपाल प्रतिनिधि कृष्णकुमार तामाङ ‘समीर’ले निर्धारित समयभन्दा पहिले नै सक्ने गरी काम भइरहेको जानकारी दिए । गोरखापत्रदैनिकबाट






