काठमाण्डौ । राप्रपा नेपालका अध्यक्ष कमल थापा विगतमा आफ्नो छत्रछाँयामा राजनीति गरेका राप्रपाका नेताहरूमाथि खनिएका छन् । विगतमा थापा निकट भनेर चिनिएका कतिपय नेता कार्यकर्ताले पनि थापाको आलोचना गरेपछि जवाफस्वरुप ‘भाइहरू’ भन्दै थापाले कटाक्ष गरेर राप्रपा नेताहरुमाथि खनिएका हुन् ।
विगतमा आफ्नो कार्यकर्ताको हैसियतमा रहेकाहरुले अहिले आफूलाई गा लीको वर्षाको गरेको भन्दै उनले आ क्रो श पोखेका हुन् । राप्रपाबाट बाहिरिएर थापाले राप्रपा नेपाल बनाएका थिए । आफूले राप्रपा नेपाल बनाएपछि पूर्व पार्टीका ‘भाइहरु’ले आफूमाथि गालीको वर्षा गरेको बताउँदै थापाले भने, ‘२०६३–६४ ताका ‘मरेको लाश नबोकौँ दाइ’ भनेर सल्लाह दिने भाइरु अहिले पार्टी कब्जा गरेर मलाई धुवाँधार गालीको वर्षा गरिरहेको देख्दा हाँसो लाग्छ।’
थापाले गाली गलौजको सट्टा १५ वर्षमा राजसंस्था पुनःस्थापना गर्न राजाको के भूमिका रह्यो भनेर सोध्न पनि सुझाव दिएका छन् । थापाले भविष्यमा आफूलाई अहिले गाली गर्ने भाइहरू केही वर्षपछि आफूले लिएको बाटोमा आउनुपर्ने पनि जिकिर गरेका छन् ।
‘गाली गलौजको सट्टा निर्मल निवासलाई सोध्नोस्–गत १५ वर्षमा राजसंस्था पुनःस्थापना गर्न राजाको के भूमिका रह्यो ? पटकपटक राप्रपा कमजोर पार्ने काम किन भयो ? असम्भव एजेण्डा बोकेर आफ्नो र युवाहरूको भविष्य माथि खेलवाड गर्ने काम छोडनोस् । मैले त छोडेँ ।
हेरि राख्नु होला, केहि वर्षपछि भाइहरू पनि मेरै बाटोमा आउनुपर्छ’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् । थापाले राजसंस्थाको माया आफूलाई पनि लाग्ने भएपनि पूर्वराजा ज्ञानेन्द्र शाहको व्यवहार र सोचाई नै गलत भएको जिकिर गरेका छन् । केहीदिनअघि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सार्वजनिक रुपमै थापाको चर्को आलोचना गरेका थिए ।
‘राप्रपा फुटाउँदिन, राप्रपा फुटाएको छैन तर राप्रपाका मान्छे बाहेक अरु कोही लिन्न भनेर कसम नै खाएजस्तो देखिँदैछ १ तथापि कुरो नबुझ्ने को होलान् र १’ उनले भनेका थिए । प्रवक्ता श्रेष्ठ विगतमा कमल थापा निकट मानिएपछि पछिल्लो पटक राजेन्द्र लिङ्देनतिर लागेका थिए ।






