काठमाण्डौ । नेपाल काँग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि नहुने दाबी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद थापाले विगतका सम्झौताहरूको फर्म्याटमै एमसीसी सम्झौता रहेकोले झुट नबोल्न अन्य दलका सांसद र नेताहरुलाई आग्रह गरेका हुन् ।
ुधेरै झुट नबोलौं, हामीले यहाँ आएर संविधानभन्दा माथि हुन्छ भन्देका छौं यो हदसम्मको हावादारी कुरा गर्ने ?, उनको प्रश्न थियो, ुनेपालको संविधानभन्दा माथि केही हुन्छ?ु उनले भने । नेपालको संविधानको व्यवस्थाअनुसार सबै देशहरुसँग असंलग्न परराष्ट्र नीति अन्तर्गत सहमति हुने पनि शर्माले दाबी गरे । सैन्य रणनीति, वौद्धिक सम्पत्ति, नेपालको संविधान, राष्ट्रिय स्वाधीनता लगायतका कुरा उठेका भन्दै उनले स्वाधीनता महत्वपूर्ण विषय भएको बताए ।
योपनि सत्ता साझेदार दल नेकपा (माओम्दी केन्द्र) ले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति सदस्यहरुको विस्तारित बैठकले यसखाले निर्णय गरेको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
माओबादीले एमसीसीमा सहमति जुटाउने र सत्ता गठबन्धन पनि बचाउने उद्देश्यका साथ यो निर्णय गरेको जनाइएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ ।






