काठमाण्डौ । मधेस प्रदेशमा पछिल्लो समय व्यापक त’स्क’री भइरहेको पाइएको छ । मधेस प्रदेशमा खुलेआम त’स्क’री भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा रहेको ‘हेलो सरकार’मा उजुरीका चा’ङ छन् । प्रहरी निकायकै मिलोमतोमा मधेस प्रदेशमा त’स्क’री भइरहेको किटानी गर्दै हेलो सरकारमा उजुरी दिइएको छ । प्रधानमन्त्री कार्यालय मातहत रहेको ‘हेलो सरकार’ १ महिनाभित्रमा दर्जनभन्दा बढी उजुरी परेका छन् ।
जसमा तस्करी हुने नाका र त’स्क’रका नाम नै किटान गरिएको छ । ‘हेलो सरकार’मा परेका ती उजुरीमा लेखिएको छ– ‘वीरगंजको मुख्य नाका इनर्वादेखि लिएर पर्साका ग्रामिण भेगमा रहेका नाकाहरू भिस्वा, अमरपट्टि, प्रसौनी भा’ठ्ठा, खेस्राहाबाट त’स्क’री भइरहेको छ । यो सबै प्रदेश प्रहरी, जिल्ला प्रहरी र स्थानीय प्रहरीको मिलोमतोमा भइरहेको छ । यसमाथि छानबिन होस्’
बारामा भइरहेको त’स्क’रीबारे पनि ‘हेलो सरकार’मा उजुरी छ । उजुरीमा भनिएको छ,‘पछिल्लो समय बारा जिल्लाबाट व्यापक रूपमा तस्करी भइरहेको छ । यहाँका मटिअर्वा, जोतपुर, बसतपुर, तिलकुवा, कचोरवा, गोलागंज, खजानी, पथलवाघाट, सिम्रौनगढ र क्वहीगोठबाट बढी त’स्क’री भइरहेको छ ।’ हेलो सरकारमा परेका उजुरीहरूमध्ये पर्सा र बाराका यी नाकाहरू उदाहरण मात्र हुन् ।
यी २ जिल्लाबाहेक अन्य जिल्लाको अवस्था पनि उस्तै छ । स्रोतका अनुसार मधेस प्रदेशका ८ वटै जिल्लामा भारतबाट खुलेआम त’स्क’री भइरहेको छ । फरक यति छ कि कहीँ कम छ भने कहीँ बढी । अन्य जिल्लाभन्दा बढी पर्सा, बारा, सर्लाही, धनुषा र महोत्तरीबाट बढी त’स्क’री भइरहेको स्रोत बताउँछ । यो समाचार द नेपाल टप दैनिकमा छ ।






