काठमाण्डौ । पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजबादी (नेकपा एस) एमसिसी किचलोका कारण सत्ताबाट बा’हिरिने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्रीको जो’डब’लमा संसद्मा एमसिसी टेबुल भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेस संसद्मा छलफल गरी एमसिसी पारित गराउने पक्षमा उभिएका छन् । तर सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एसले सदनमा एमसिसी निर्णयार्थ प्रस्तुत भए विपक्षमा मत दिने निर्णय गरेका छन् । सरकारमै बसेर सरकारकै प्रस्तावको विपक्षमा उभिनु नैतिक मूल्य र मान्यताविपरीत हुने भएकाले ती दुई दल भावी दिनमा गठबन्धन कायम रहनेगरी सरकारबाट बा’हिर निस्कने निष्कर्षमा पुगेका हुन् ।
‘सरकारमै बसेर सरकारले ल्याएको प्रस्तावको विपक्षमा मत दिनु उपयुक्त होइन । एमसिसीमा मतदान हुने अवस्था आए सरकारबाट बाहिरिने नि’ष्कर्ष निकालेका हौं’, माओबादी केन्द्रका एक उच्च नेताले भने। माओवादी केन्द्रले एमसिसी सदनमा निर्णयार्थ पेस भए विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । सरकारबाट बा’हिरिएर विपक्षमा मतदान गर्ने तयारी यी दुई दलको रहेको माओबादीका ती नेताले बताए ।
तर नेकपा एसका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले यस्तो निर्णय नभइसकेको बताए। ‘पार्टीले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । तत्काल सरकारबाट बा’हिरिने विषयमा केही निर्णय भएको छैन । एमसिसी पास गर्ने विषयमा धेरै प्रक्रिया बाँकी छन् । मतदान गर्नु केही मिनेटअघि मात्रै सरकारबाट बाहिरिने निर्णय हुनसक्छ,’ खतिवडाले भने । स्रोतका अनुसार सरकारबाट बा’हिरिए पनि माओवादी र नेकपा एस दुवैले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएका छन् ।
‘प्रधानमन्त्री जसरी पनि एमसिसी पास गर्ने मुडमा पुग्नुभयो । सरकारमै बसेर सरकारकै प्रस्तावप्रति असहमति राख्ने अनि त्यही सरकारमा बसिरहनुको कुनै औ’चित्य देखिएन । त्यसकारण पनि सरकारबाट बाहिरिनुको विकल्प छैन,’ माओबादी केन्द्र पूर्व स्थायी कमिटीका एक सदस्यले भने । माओबादी केन्द्रभित्र नारायणकाजी श्रेष्ठ, देव गुरुङ, हरिबोल गजुरेल, वर्षमान पुन, लीलामणि पोखरेललगायतका नेता एमसिसीको विपक्षमा उभिएपछि अध्यक्ष पुष्पकमल दाहाल पनि त्यही लाइनमा पुगेका हुन् ।
‘सरकारबाट बाहिरिँदा समर्थन फिर्ता गर्नुपर्छ भन्ने छैन’, नेकपा एसका प्रवक्ता खतिवडाले भने, ‘सरकारबाट बा’हिरिए पनि हाम्रो समर्थन रहिरहन्छ। तत्काल सरकारबाट बा’हिरिने विषयमा केही निर्णय भएको छैन । बा’हिरिनुपर्ने अवस्था आउन सक्छ ।’ दुवै पार्टीका शीर्ष नेताले आन्तरिक द’बाब थे’ग्न नसकेपछि एमसिसी अनुमोदन नगर्ने बरु सरकारबाट बाहिर आएर विपक्षमा मत दिने निर्णय लिएका हुन् । सत्ता गठबन्धनमा एमसिसीमा एकैमत नभएपछि प्रधानमन्त्री देउवाले एमालेको साथ लिन अध्यक्ष केपी ओलीसँग पनि संवाद गरिरहेका छन् ।
देउवाले ओलीसँगको संवादलाई निरन्तरता दिएपछि माओवादी केन्द्र र नेकपा एसका अध्यक्षबीच पनि बेग्लै कुराकानी भएको थियो । दुई अध्यक्षबीच कुराकानी भएपछि सरकारबाट बाहिरिएर एमसिसीको विपक्षमा मत हाल्ने निर्णय भएको हो । माओबादी र नेकपा एसलाई सरकार छाड्न कार्यकर्ता पंक्तिबाट च’र्को द’बा’ब परेको छ । नेकपा एसबाट मन्त्री भएका प्रेम आलेलगायतले भने एमसिसी पास गरेर जानुपर्ने धारणा राखिरहेका छन् । सोही पार्टीका झलनाथ खनाललगायतले एमसिसी यथास्थितिमा पास गर्न नहुने बताइरहेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।






