भक्तपुर । भक्तपुरको सानो ठीमीबाट एक चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका डिएसपी राजु पाण्डेले कल सेन्टरमार्फत पैसा असुल्न विभिन्न ध म्की दिने गरेको अभियोगमा उनीहरुलाई प्रक्राउ गरिएको बताए ।
पक्राउ पर्नेमा प्रायजसो भारतका युवा युवती रहेको पनि उनले बताए । कुनै एक सिस्टममार्फत निश्चित छोटो अवधिका लागि सुरुमा आफैं ऋण दिने र पछि सामाजिक सञ्जालमा फोटो राखेर ध म्क्या उने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।
‘सुरुमा पाँचदेखि दश हजारसम्म ऋण दिने । एक हप्ताभित्रको म्याद दिएको छ भने छ दिनमा नै ध म्क्या उने गरेको र अ वै ध कल सेन्टर सञ्चालन गरेको पाइएको छ ।’, यो पैसा कसरी इन्भेष्ट हुन्थ्यो भन्ने विषयमा पनि अनुसन्धान हुने उनले बताए ।






