काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसीसीलाई संसदमा टेबुल गर्नुपर्ने बताएका छन् । विगत दश वर्षदेखि एमसीसीसँग धेरै राजनीतिक दल र नेतृत्व सामेल भएको भन्दै सबैले संसदमा यस विषयमा आ(आफ्नो मत राख्नुपर्ने उनले बताए ।
ुहामी फरक–फरक दलहरु भएको कारणले गर्दा हाम्रो बीचमा गठबन्धन हुनका लागि त कुराकानी मिल्नुपर्छ । न्यूनतम कुराहरुमा कुरा मिल्नुपर्छु, एमसीसीको सन्दर्भमा बोल्दै उनले भने,‘आजको दिनमा नेपाली कांग्रेस माधव नेपालको पालादेखि सुरु भएर आएको दशौँ वर्ष लागेर यहाँसम्म आइसकेपछि यो
नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताको कुरा हो । हामी सबैले यसमा काम गरिसक्यौँ । हामी सबैजना कहीँ न कहीँ यसमा संलग्न छौँ । अहिले सिंगो नेपालको विश्वसनीयतामाथि ह्रास आउँछ । त्यसैले हामीले प्रष्ट भनेका छौँ, टेबल गरौँ हामीहरु आ–आफ्नो ठाउँमा मतदान गर्न सक्छौँ ।’
यस्तै महामन्त्री थापाले सत्तारुढ राजनीतिक दलहरुका बीचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने पनि बताए । कुराकानी पनि नमिल्ने र गठबन्धन पनि भइराख्ने कुरा नहुने उनले स्पष्ट पारे । यो समाचार उज्यालोमा छ ।






