काठमाण्डौ । बिभिन्न दलका शिर्ष नेताहरुले गरेको कि’च’लो र उनीहरुको रो’ई’लो देखेर पुर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो अभिव्यक्ति दिएका छन् । उनले पुर्वराजा शाहले राष्ट्रियता बिनाको प्रजातन्त्र आकाशको महल जस्तै हो भन्दै आफ्नो अभिव्यक्तिलाई सार्वजनिक गरेका हुन् । पूर्वराजा शाहले शुक्रबार ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सो अभिव्यक्ति व्यक्त गरका हुन् ।
उनले हालको लोकतान्त्रिक व्यवस्था र राजनीतिक दलहरूको भूमिकाप्रति आफु असन्तुष्टि रहेको पनि बताए । ‘जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सूप्रबन्ध नै सहि प्रजातान्त्रिक प्रणाली हो । राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ’, शाहले भनेका छन् । त्यस्तै उनले प्रजातन्त्रका नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतामा संकट आएको दाबी पनि गरे ।
बोल्दै नबोलेका र बोलेपनि निकै नै कम बोल्ने गरेका पुर्वराजा ज्ञानेन्द्र शाहले नेतृत्व र प्रणालीमाथि नै प्रश्न उठाउँदै देश र जनताकालागी निकै नै गम्भिर कुरा गरेका थिए । उनले राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रका लागि राजा सधै रहँदै आएको र रहिरहने पनि बताए ।






