काठमाण्डौ । सत्तारुढ गठबन्धनको बैठक सुरु भई सकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक भनेकै समयमा पाँच बजेपछि शुरु भएको हो । गठबन्धनको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय लिने छ ।
एमसीसी र गठबन्धनको भविष्यका विषयमा आजको बैठकलाई निर्णायक मानिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै एमसीसी पास गर्ने अडान लिएपछि गठबन्धन फुट्ने आङ्कलन गरिएको छ । आजको बैठकमा सबैको ध्यान केन्द्रित छ ।
प्रमुख सत्ता साझेदार माओबादी केन्द्र र एकीकृत समाजबादी एमसीसी संसदमा टेबल गर्ने विषयको विपक्षीमा उभिएको अवस्था छ । एमसीसी अगाडि बढ्छ वा गठबन्धन फुट्छ भन्ने निर्धारण आजको बैठकले तय गर्ने काँग्रेस नेता बताउँछन् ।






