पेरिस । एचआइभी एड्स भाइसर पत्ता लगाउने सह आविष्कारक व्यक्तिको निधन भएको छ। एचआइभी भाइरसका सह आविष्कारक एवं फ्रान्सेली भाइरोलोजिस्ट लुक मोनटेग्नियरको ८९ वर्षको उमेरमा निधन भएको हो । उनको निधन गएको मंगलबार भए पनि स्थानीय समाचारले मृत्युबारे बिहीबारमात्र खबर प्रकाशित गरेका छन् । उनले भाइरसबारे सन् १९८० को दशकदेखि काम सुरु गरेका थिए ।
एचआइभी भाइरसका कारण एड्स नामक दीर्घकालीन रोग सर्ने पत्ता लगाएको भन्दै उनलाई सन् २००८ मा नोबल पुरस्कार प्रदान गरिएको थियो । त्यसपश्चात मात्र उनी संसारमा परिचित बनेका थिए। यद्यपि, कोभिड १९ प्रति अवैज्ञानिक दाबी गरेको भन्दै पछिल्लो समय उनको आलोचनासमेत हुँदै आएको थियो । यो पनि, कोरोना भाइरसको सङ्क्रमण घटदै गइरहेको छ । आज ६ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा ८३६ जनामा सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा कुल परीक्षण गरिएकामध्ये १२।६ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार १०२ जना रहेका छन् । पछिल्लो समय एक हजार ८२६ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ३४ हजार ६४८ पुगेको छ ।
निको हुने दर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा चार जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ८८२ जनाको सङ्क्रमणका कारणले निधन भएको छ । यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १३ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, कास्की,बाके, रुपन्देही, र कैलाली रहेका छन् ।
यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १२ जिल्ला रहेका छन् । ति जिल्लामा सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, नवलपरासी पूर्व, तनहुँ, पाल्पा, दाङ र र कन्चनपुर रहेका छन् । शून्य सङ्क्रमित भएको एक मात्र जिल्ला मनाङ रहेको छ । नेपालमा सङ्क्रमण दर १८।२ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा २५ हजार १४१ ,संस्थागत आइसोलेसनमा १६१,
आइसियुमा २०० र भेन्टिलेटरमा ३४ जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा आज दुई लाख ८८ हजार ८३७ जनाले खोप लगाएका छन् । यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज सात लाख १३ हजार ९०५ मात्रा लगाइएको छ ।






