काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । आज बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालनको निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले उज्यालोलाई जानकारी दिए । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो ।
स्थानीय तहको चुनावलाई समेत ध्यान दिएर वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको अध्यक्ष शर्माले बताए । योपनि निरन्तर घाटा बेहोरिरहेको नेपाल आयल निगमले मूल्य स्थिरीकरण कोषबाट पनि रकम निकासा सुरु गरेको छ । सञ्चित बचत, कर्मचारी आवासबापतको रकम र बोनसबापत जम्मा भएको रकम निकासा गरिसकेपछि स्थिरीकरण कोषको रकम पनि निकासा सुरु गरेको हो ।
बचत शून्यमा झरेपछि निगमले स्थिरीकरण कोषको एक अर्ब ८० करोड रुपियाँ निकासा गरेर सोमबार इन्डियन आयल कर्पोरेसनलाई जनवरीको १३ अर्ब २० करोड रुपियाँ भुक्तानी गरेको हो । कोषमा अब छ अर्ब २० करोड रुपियाँ बचत रहेको निगमले जनाएको छ । यसअघि निगमले सञ्चित बचतमा रहेको १९ अर्ब ५१ करोड, बोनस खातामा सञ्चित करिब तीन अर्ब ५० करोड र कर्मचारी आवासको करिब तीन अर्ब ५० करोड रुपियाँ निकासा गरी खर्च गरिसकेको छ ।
निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड रुपियाँ लिएर जनवरीको दोस्रो किस्ताबापतको रकम इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । हाल निगमले १५ दिनमा एक अर्ब ८८ करोड रुपियाँ घाटा बेहोरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ९० अमेरिकी डलर पुगेको छ । आठ महिनाअघि प्रतिव्यारेल ७० डलर थियो ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर बढेपछि निगमको घाटा बढेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १० रुपियाँ घाटा छ, जसको १५ दिनको घाटा ३४ करोड ८१ लाख हुन्छ । डिजेल प्रतिलिटर छ रुपियाँ ३३ पैसा घाटा छ । १५ दिनमा ५७ करोड ४३ लाख रुपियाँ घाटा पुग्छ । म ट्टी तेलमा प्रतिलिटर २२ रुपियाँ ३४ पैसा नाफा छ । १५ दिनको नाफा करिब दुई करोड रुपियाँ छ ।






