काठमाण्डौ । राप्रपाका महामन्त्री भुवन पाठकले पूर्वअध्यक्ष कमल थापाको मागका सन्दर्भमा पार्टीभित्र छलफल भइसकेको बेला एकएक पार्टी छाड्नु गल्ती भएको टिप्पणी गरेका छन् । उनले थापाले पार्टी छाड्ने घोषणा गर्नुले आफू आश्चर्यचकित भएको रातोपाटीलाई बताए । पार्टीको मङ्सिर दोस्रो साता सम्पन्न महाधिवेशनमा कमल थापा टिमबाट प्रतिस्पर्धामा उत्रिएका पाठकले थापाले राजीनामा गर्नुअघि आफूसँग कुनै सरसल्लाह समेत नरहेको जिकिर गरे ।
‘हामी त मिलाउन लागिपरेका थियौँ । आजै पनि अध्यक्षसँग ३ बजे छलफल राखिएको थियो’, उनले भने, ‘एकाएक राजीनामा दिएर राम्रो भएन ।’ उनले कमल थापाले अर्को पार्टी गठन गरे आफ्नो समर्थन नरहेको पनि स्पष्ट गरे । ‘यही राप्रपामा ३१ वर्ष बिताएँ । उहाँले अर्को पार्टी बनाउनु भयो भने मेरो समर्थन रहँदैन’, पाठकले भने ।
योपनि एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् । पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता,
जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्न मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा राख्न कार्यक्रम आयोजना गर्न लागिएको एमालेले जनाएको छ । दुईदिने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको छ ।
उद्घाटनमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरू सहभागी रहने छन् । प्रदेश १ को विराटनगमा फागुन १ र २ गते, मधेस प्रदेशको जनकपुरधाममा फागुन ३ र ४ गते, वागमती प्रदेशको काठमाडौँमा फागुन ६ र ७ गते,
गण्डकी प्रदेशको पोखरामा फागुन ८ र ९ गते, लुम्बिनी प्रदेशको बुटवल तथा दाङमा फागुन ११ र १२ गते, कर्णाली प्रदेशको सुर्खेतमा फागुन १४ र १५ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १६ र १७ गते प्रशिक्षण गरिनेछ ।






