काठमाण्डौ । म बिहान ओछ्यान बाट उठे, अचानक मेरो छाती दुख्न थाल्यो । मलाई मुटुको बिरामी त भएको हैनरु यस्तो सोच्दै म अर्को कोठा बैठक रुममा गए। त्यहा पुरै परिवार आआफ्नो मोबाइलमा ब्यस्त थिएँ । मैले श्रीमतिलाई हेर्दै भनेः आज छाती अरुदिन भन्दा धेरै नै दुखिरहेको छ । डाक्टर सँग परामर्श लिएर आउँछु । हुन्छ जाँदा बिस्तारै जानुहोस् त्यस्तो केहि परेमा कल गर्नु……श्रीमतिले आफ्नो मोबाइलमा औंला चलाउदै भनिन् ।
म स्कुटिको चाबी लिएर पार्किङमा गएँ , मेरो शरीरमा पसिना धेरै आइरहेको थियो……स्कुटी स्ट्राट भैरहेको थिएन । त्यही समय हाम्रो घरमा काम गर्ने हरि साइकल लिएर आयो । साइकल लाइ चाबी लगाउने बित्तिकै उसले मलाई अगाडि उभिएको देख्यो । के भयो सर ? स्कुटी स्ट्राट भएन ? मैले भनेः अँ , अघि देखि स्ट्राट गर्न खोजेको स्ट्राट नै भएन ।
तपाईंको स्वास्थ ठिक छैन जस्तो छ हजुर । तपाईंको शरीर बाट किन यति धेरै पसिना आको हो ?
सरः यस्तो हालतमा स्कुटिलाई किक मार्नु हुँदैन । म किक मारेर स्ट्राट गरिदिन्छु । हरिले एकै किकमा स्कुटि स्ट्राट गरिदियो । र भन्योः सर एक्लै जान लाग्नुभाको ?
मैले भनेः हो ।
उसले भन्योः यस्तो समयमा एक्लै हिड्न हुदैन बस्नुहोस म पुर्याइदिन्छु ।
मैले भनेः तिमिलाई स्कुटी चलाउन आउँछ ?
सरः “मसंग गाडिको लाइसेन्स छ ‘चिन्ता नगर्नुहोस्” मलाई समातेर पछाडि बस्नुहोस । नजिकै थापाथली नर्भिक हस्पिटलमा हामी पुग्यौं । हरि दौडिएर भित्र गयो, र व्हिलचेयर लिएर बाहिर आयो । सर, अब नहिड्नुहोस यश कुर्सीमा बस्नुहोस
हरिको मोबाइलमा लगातार फोन आइरहेको थियो , मैले गेस गरे सायद मेरो श्रीमतिले गरेको हुनुपर्छ यतिबेलासम्म किन काम गर्न आइनस भनेर ।
हरिले मलाई डाक्टरले गर्नुपर्ने व्यबहार जस्तै गरिरहेको थियो। उसलाई मैले नभनेपनी बुझिसकेको थियो कि मलाई हार्टअटैक को समस्या छ भनेर । लिफ्ट हुँदै व्हिलचेयर हुने ठाउँ तिर लिएर गयो ।
डाक्टरको टिम तयारी थिए , मेरो समस्या सुनेपछि सबै परिक्षण चाँडै गरियो । डाक्टर हरुले भनेः तपाईं समयमानै आइपुग्नुभयो । व्हिलचेयर प्रयोग गर्नुभएको रहेछ । यो तपाईंको लागि धेरै फाइदाजनक भयो । अब अरुको बाटो कुर्नु भनेको तपाईंको लागि धेरै हानिकारक छ ।
त्यसैले ढिलो नगरी मुटुको अप्रेसन गरि ब्लोकेज बाट छिटै छुटकारा पाउनुहोस् । यो फर्ममा तपाईंको आफन्तको हस्ताक्षर चाहिन्छ ।
मैले भनेः हरि तिमिलाइ हस्ताक्षर गर्न आउँछ ?
उसले भन्योः “सर, यति ठुलो जिम्मेवारी ममाथि नलगाउनुहोस ।”
मैले भनेंः हरि तिम्रो कुनै जिम्मेवारी छैन । तिमी मेरो रगतको नाता नभएपनी मैले केहि नभनी मलाई यहाँसम्म ल्याएर आफ्नो जिम्मेवारी पूरा गरेका छौँ । त्यो जिम्मेवारी बास्तबमा मेरो परिवारको थियो । एउटा थप जिम्मेवारी पूरा गरिदेउ हरि । म तल लेखिदिन्छु अप्रेसन गर्दा भुल बस केहि भएमा म आफै जिम्मेवारी हुनेछु । भनी लेखिदिन्छु ।
यति भनेपछि हरिले हस्ताक्षर गर्यो । अनि घरमा फोन गरेर मेरो बारेमा सुनाइदेउ । यत्तिकैमा हरिको मोबाइलमा मेरो श्रीमतीको फोन आयो…..उ चुपचाप उनको कुरा सुनिरह्यो…….केहि समयपछि हरिले जवाफ दियोः मेडम मेरो तलब काट्ने भएपनि काट्नुस , घरबाट निकाल्ने भएपनि निकाल्नुस तर यहाँ अप्रेसन सुरु गर्नु अगाडि नै अस्पताल आइपुग्नुहोस् ।
मेडम मैले सरलाई यहाँ थापाथली नर्भिक हस्पिटल लिएर आको छु । डाक्टरले अप्रेसनको तयारी गर्दैछन् छिटो आउनुहोस् ।
मैले भनेः हरि, घरबाट फोन आको थ्यो हो ?
हरिः हो , हजुर ।
मनमनै श्रीमती बारेमा सोचे तिमिले कस्तो तलब काट्ने कुरा गरेकी ? तिमिले कस्तो घरबाट निकाल्ने कुरा गरेकी ? आँखा भरि टिलपिल आँसु पारेर हरिको काँधमा हात राखेर भनेः बाबू चिन्ता नगर । म तिमिलाई एउटा संस्थामा पठाइदिन्छु । त्यहा बृद्ध हरुलाई सहारा दिइन्छ् । त्यहा तिमी जस्तै ब्यक्तिको आवश्यक छ ।
तिम्रो काम भाँडा माज्ने कपड़ा धुने होईन , तिम्रो काम त समाज सेवाको हो। हरि त्यहाँ तिमिले राम्रो तलब पाउनेछौं । त्यसैले चिन्ता नगर ।
अप्रेसन पछि होसमा आएँ । मेरो अगाडि मेरो पूरा परिवार नतमस्तक शिर निहुरि पारेर उभिएका थिएँ । मैले आँखाभरि आँसु पारेर भनेः हरि कहाँ छ ?
श्रीमतिले भनिन्ः उ अहिले भर्खर मसँग बिदा मागेर उसको गाउँ गयो । भन्दै थियो उसको बुबा हार्ट अटैक भएर स्वर्गवास हुनुभयो । १५ दिनपछि आउछु भनेर गको छ । मैले बुझे कि उसले मभित्र उसको बुबा देखि रहेको थियो । हे भगवान मलाई बचाएर उसको बुबालाई लिएर जानुभयो ?
मेरो पुरै परिवार हात जोडेर मसँग माफी मागिरहेका थिएँ । एउटा मोबाइलको लतले आफ्नो घर भित्रको मान्छेलाई कती टाढा पुर्याउछ । घरका पुरै परिवार आआफ्नो कोठामा मोबाइलमा ब्यस्त हुन्छन् ।को कहाँ गयो घरमा के भैरहेको छ कसैलाई वास्ता हुँदैन । मोबाइल नै कलह’को कारण बनेको छ ।
आज घरमा के पाक्यो सासुले के भनिन्, जेठाजु ले के भने, ससुराले के भने, घरका सानातिना कुराहरु नयाँ बुहारीले तुरुन्तै माइतीघर आमा बुबालाई सुनाउछिन् । र माइतीको आमाको सल्लाहमा घर परिवारमा आमाले सिकाए अनुसार व्यबहार गर्दै जान्छिन् र फलस्वरूप कि लोग्ने स्वानिमा झगडा भएर
छोराछोरी च्यापेर माइतीघर गएर माइतिले सिकाए बमोजिम बस्छिन् कि बिसौंबर्ष श्रीमानको घरमा बस्दा पनि घरका पूरा परिवारलाई रिझाउन सक्दिनन् ।
डाक्टरले आएर भनेः सबैभन्दा अगाडि भन्नुहोस् त हरि भाइ तपाईंको नाताले के पर्नुहुन्छ ?
मैले भनेः डाक्टर साभ, कुनैकुनै सम्बन्धको नाम र गहिराईमा नगएकै राम्रो हुन्छ । सम्बन्धको गरिमा रहन्छ । अहिले यत्तिनै भन्छु कि उ मेरो आपतमा भगवान बनेर आयो ।
छोरा राकेश ले भन्योः हामिलाई माफ गर्नुहोस् बाबा…..हरिले हाम्रो कर्तव्य पूरा गर्यो । यो हामी छोराछोरीको लागि लज्जास्पद छ । अब देखि यस्तो गल्ती आउँदा दिनहरूमा कहिल्यै दोहोर्याउने छैनौं । छोरा कारबाही र सल्लाह सुझाव त मान्छेलाई दिनकै लागि हुन्छ । जब लिने समय आउँछ मान्छेहरू तर्किने कोशिश गर्छन् ।
छोरा निर्जीव खेलौनाले जिउँदो खेलौना लाई दास बनाएको छ । यसको सिमित सदुपयोग गर्ने बेला आएको छ । यदि होईन भने परिवार समाज र राष्ट्रले गम्भीर परिणाम भोग्नुपर्नेछ र यसको मुल्य चुकाउन तयार हुनुपर्ने छ । छोराछोरीलाई ठुलो अफिसर वा ब्यापारी बनाउनुभन्दा असल मानव बनाउनुहोस् ।
घरमा मोबाइल कति समय कुन समयमा हेर्ने हो, त्यसको समय निर्धारण गर्नुहोस् । छोराछोरी पढ्ने समय आफू पनि मोबाइल बन्द गरेर केहि पढ्ने कोशिश गर्नुहोस । सकिन्छ भने बेलुका ८ बजेबाट उता ईन्टरनेट बन्द गरेर छोराछोरी तथा घर परिवारलाई समय दिनुहोस् । सामाजिक संजालबाट साभार






