काठमाण्डौ । गत मंसिरमा पार्टी महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले पार्टीमा पूर्व राजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्न माग गरेका थिए । उनले पूर्वराजाको हस्तक्षेपत्रको विषयमा छानबिन गर्न तीन पटक अध्यक्ष लिङ्देनलाई ध्यानाकर्षण पनि गराएका थिए ।
लिङ्देनले भने थापाकै सल्लाह अनुसार पार्टीको शीर्ष तहमा यस विषयमा छलफल गर्ने तयारी भइरहेको बताए । ‘भर्खरै संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दसँग यस विषयमा कुराकानी गरेर आएको छु, दुई दिनपछि पदाधिकारी बैठक पनि बोलाइसकेको अवस्थामा यस प्रकारको निर्णय (कमल थापा अलग हुने घोषणा) आउनु दुर्भाग्यपूर्ण हो’ लिङ्देनले भने ।
उनले थापालाई निर्णय सच्याउन आग्रह गरेका छन् भने थापाको निर्णयबाट विचलित नहुन पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गरेका छन् । यो समाचार आजको अनलाईन खबरमा छ ।






