काठमाण्डौ । काठमाण्डौ उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आजको बैठकले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । यसअघि ट्याक्सी र निजी सवारीसाधनबाहेका यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको थियो ।
सिसिएमसीको सिफारिसपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले नयाँ आदेश जारी गर्नेछन् । कोभिड संक्रमितको संख्या घट्दै गएको निष्कर्ष निकाल्दै सिसिएमसीले उक्त सिफारिस गरेको हो । सिसिएमसीले विद्यालय भने माघभर बन्द राख्नुपर्ने निष्कर्ष निकालेको छ । सिसिएमसीले रात्रिकालीन व्यवसाय र खेलकुदसम्बन्धी गतिविधि सहज बनाउन सिफारिस गरेको छ ।
कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आज बसेको बैठकपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीने नयाँ आदेश जारी गर्न लागेका छन् । बैठकमा अहिलेसम्मको निर्देशन कार्यान्वयनको समीक्षा हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । उपत्यकाभित्र सवारी साधनमा लगाएको जोर–बिजोर प्रणाली पनि हटाउने विषयमा छलफल गरिने उहाँँको भनाइ छ ।
‘कोरोना सङ्क्रमण विस्तारै कम हुँदै गएको छ । यसकारण सवारी साधनमा लागू भएको जोर बिजोर प्रणाली हटाउने कि भन्ने कुरा सोच्दैछौँ । तर विद्यालय भने माघ महिनाभर नै बन्द हुन्छन् ।’उनले भने । साथै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए ।






