एजेन्सी । ओमिक्रोनपछि अब संक्रमणको नयाँ भेरिएन्ट निओकोभले विश्वमा चिन्ता बढाएको छ । यसबारे चीनको उहानका वैज्ञानिकले ठूलो दाबी गरेका छन् । उनीहरूका अनुसार यो भेरिएन्ट दक्षिण अफ्रिकामा फेला परेको हो । यसको संक्रमण र मृत्यु दर दुवै धेरै उच्च छ ।
यसले प्रत्येक तीन बिरामीमध्ये एक जनाको ज्यान लिन सक्छ । उहान त्यही सहर हो, जहाँबाट सन् २०२० मा कोरोना महामारी फैलिएको थियो । रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार भने यो भेरिएन्ट नयाँ होइन । यो भेरिएन्ट मार्स कोभ भाइरससँग सम्बन्धित छ ।
यसका बिरामी पहिलोपटक पश्चिम एसियाली देशहरूमा सन् २०१२ र २०१५ मा भेटिएका थिए । यो निओकोभ भेरिएन्ट भर्खरै दक्षिण अफ्रिकामा चमेरामा देखिएको हो । पहिले जनावरमा पनि देखिएको थियो । bioRxiv वेबसाइटमा प्रकाशित अनुसन्धानअनुसार निओकोभ र यसको सहयोगी भाइरस PDF-2180-CoV ले मानिसलाई संक्रमित गर्न सक्छ ।
उहान युनिभर्सिटी र चाइना एकेडेमी अफ साइन्सेसका शोधकर्ताहरूका अनुसार यो नयाँ भाइरसमा मानव कोशिकालाई संक्रमित गर्न केवल एक म्युटेसन भए पुग्छ । अर्कातर्फ रुसको भाइरोलोजी र बायोटेक्नोलोजी विभागले भने अहिले यो भेरिएन्ट मानिसमा फैलिने सम्भावना कम रहेको बताएको छ। यसको सम्भाव्यता र जोखिमबारे अनुसन्धान गर्नुपर्ने उसले जनाएको छ । एजेन्सी






