पोखरा । राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा राजमोका प्रतिनिधिले एमालेलाई भोट दिएको खुलेको छ । गण्डकीमा गठबन्धनकै सांसदले नै एमाले उमेदवारलाई मतदान गरेको खुलेको हो । गण्डकीमा गठबन्धनका सांसद ३१ जना थिए । तर, महिलातर्फको गणना हुँदा दुबै उम्मेदवारले २९, २९ जनाको १३९२ मतभार पाएका छन् ।
कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका २, २ गरी कुल ३१ सांसद गठबन्धनमा थिए । एमाले एक्लैसँग २७ सांसद थिए । राजमोको पार्टी ह्वीप विपरित नगरपालिकाकी उपमेयर निर्वाचनमा सहभागी भएकी थिइन् । बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल मतदानमा सहभागी भएकी हुन् । एमालेले यसअघि आफू निर्वाचित भएको ७ वटा सिटसमेत जोगाउन सकेन । बरु एमाले ८ सिटबाट १ सिटमा झरेको छ ।
तर, एमाले उम्मेदवार लिला थनेत र काङ्ग्रेसकी कमला पन्तले २९, २९ मत पाएका हुन् । स्थानीय तहमा पनि गठबन्धनसँग ९९ जनप्रतिनिधि थिए । तर, ५ जना जनप्रतिनिधिले एमाले उम्मेदवारलाई मत दिएको खुलेको छ । स्थानीय तहमा भने कमला पन्तले ९४ जनप्रतिनिधिको मत पाएकी छन् । यो मतभार १६९२ हुन आउँछ । कुल ३०८४ मत उनी विजयी भएकी छन् ।
यो निर्वाचनमा सातै प्रदेशमा एमालेलाई धक्का लागेको छ । ८ सिट रहेको एमाले १ सिटमा झरेको छ । राष्ट्रिय सभाका रिक्त १९ सिटमा बुधवार निर्वाचन भएको हो । नेपाली कांग्रेस, नेकपा (माओबादी केन्द्र), नेकपा (एकीकृत समाजबादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनर्मोचा (राजमो) गरी पाँच दलीय सत्ता गठबन्धनसँग नेकपा एमालेले प्रतिस्पर्धा गरेको हो ।






