काठमाण्डौ । अनलाइनबाट जुवा खेलाइरहेको अवस्थामा काठमाण्डौको ठमेलबाट दुई जना पक्राउ परेका छन् । ठमेलको ठमेल होस्टलमा अनलाइनबाट जुवा खेलाइरहेको सूचनापछि छापा मारेर बाग्लुङका राकेशकुमार क्षेत्री र भारतको नयाँ दिल्लीका जसपाल सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूबाट नगद एक लाख ५५ हजार, विभिन्न बैंकका चेक, र रेमिट्यान्सबापतको २९ लाख २५ हजार रुपैयाँ रकम बरामद गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । अनलाइन जुवा खेलाउने गिरोह नै रहेको शङ्कामा प्रहरीले उनिहरूमाथि अनुसन्धान गरिरहेको छ ।
योपनि पढौं भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ति शान्ति उद्यानले सञ्चालनमा ल्याएको चिडियाखानामा चि तु वा ल्याइएको छ । पर्यटकलाई आकर्षण गर्न चि तु वा ल्याइएको अध्यक्ष डिल्लीराज भण्डारीले बताए ।
गणेशपुर नामले परिचित उक्त पार्कमा सवडिभिजन वन कार्यालय तनहुँको सहयोगमा चितुवा ल्याइएको उनको भनाइ छ । भण्डारीका अनुसार करिब १ वर्ष अघिदेखि पार्कको लागि चि तु वा सहयोग गरिदिन माग गरिएको थियो । ‘हामीले लामो प्रयासपछि पार्कमा चि तु वा ल्याएका छौँ,’ उनले भने, ‘यसले यहाँ पर्यटकको ध्यान केन्द्रित गरेको छ ।’
चिडियाखानामा अहिले ५ वर्ष उमर भएको ४० किलो तौलको चि तु वा ल्याइएको हो । माघ २६ गते ल्याइएको उक्त चि तु वा हेर्नका लागि आउने पर्यटकको सङ्ख्या बढ्न थालेको अध्यक्ष भण्डारीले बताए । यद्यपि चि तु वा ल्याएपछि हेरचाह गर्नका लागि दक्ष व्यक्ति नहुँदा समस्या हुने गरेको उनको भनाइ छ ।
‘हामीले चि तु वा त ल्यायौँ, तर हेर्न सक्ने दक्ष व्यक्ति नहुँदा समस्या भएको छ,’ उनले भने, ‘यसको समाधानका लागि हामीले तयारी गरिरहेका छौँ ।’ अबको केही समयमा बा घ, अ जि ङ्ग र, निलगाइ, भा लु, जरायो, मयूरलगायतका जनावर ल्याउने गरी प्रक्रिया अघि बढाएको उल्लेख गर्दै भण्डारीले त्यसका लागि विभिन्न निकायसँग समन्वय भइरहेको जानकारी दिए ।
अहिले पार्कमा घा इ ते तथा अलपत्र ज ङ्ग ली ज ना वरलाई उपचार तथा संरक्षण गरिएको उनको भनाइ छ । उद्यानमा हाल २० वटा खरायो, पाँच वटा गिनिपिक (मु सा ख रायो), दुई वटा राजहाँस, दुई वटा टर्की, एउटा कछुवा, दुईवटा हुचिल, एउटा चि ल, एउटा दु म्सी, दुईवटा बाँ द र र एउटा चि त्त ल रहेका छन् ।
यी जनावर तथा पंक्षी ल्याएसँगै दैनिक अवलोकन गर्नेको सङ्ख्या बढेको छ । अहिले पार्कमा पिकनिक स्पर्ट, बाल उद्यानलगायत संरचना रहेका छन् । पार्कमा गणेश मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने गौतमबुद्धको शालिक पनि निर्माण भइरहेको छ ।






